वीरगञ्ज: प्रहरी प्रधान कार्यालयले जेठ २९ गते जारी गरेको सरुवा आदेश लामो समयसम्म कार्यान्वयन नभएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको प्रशासनिक भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
प्रहरी प्रधान कार्यालयको सरुवा सूचीअनुसार प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) लोकेन्द्र पण्डितलाई नेपाल प्रहरी विशेष सुरक्षा गण, कोहलपुर (बाँके) सरुवा गरिएको थियो। तर सरुवा आदेश जारी भएको महिनौं बितिसक्दा पनि उनले हालसम्म रवाना नबुझेको आरोप सार्वजनिक भएको छ। पण्डितले हाल सम्म रवाना समेत नबुझेर बिदाको बहाना बनाई सरूवा रोक्ने योजनामा लागेको समेत स्रोतको दाबी छ।
वरिष्ठ सई पण्डित इलाका प्रहरी कार्यालय कालिकामाईको दरबन्दीमा रहे पनि जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान (क्राइम) शाखाको इन्चार्जका रूपमा कार्यरत थिए। उनी तत्कालीन प्रहरी उपरीक्षक गौतम मिश्रसँगै पर्सा आएका थिए।
स्रोतका अनुसार पण्डितको करिब १६ महिनाको कार्यकाल विवादरहित रहन सकेन। आर्थिक अनियमितता, तस्करीमा संलग्नता तथा आर्थिक लेनदेनसम्बन्धी आरोप लाग्दै आएको छ। यस विषयमा प्रहरी प्रधान कार्यालयमा पटक–पटक उजुरी समेत परेको थियो । तर पहुँच र प्रभावका कारण उनी लामो समयसम्म पर्सामै कार्यरत रहन सफल भएको जानकारहरू बताउछन। उनको मातहतमा कार्यरत रही आर्थिक अनियमितता, तस्करीमा संलग्नता सहितको लेनदेनसम्बन्धी विवादमा मुछिएका आधा दर्जनभन्दा बढी प्रहरी कर्मचारीलाई यसअघि नै कारबाहीस्वरूप विभिन्न जिल्लामा सरुवा गरिएको सामाचार स्रोतको दाबी छ।
यस घटनासँगै जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा कार्यान्वयनमा दुई मापदण्ड अपनाईएको आरोप समेत उठेको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा सामान्य प्रहरी जवान तथा तल्लो दर्जाका कर्मचारी सरुवा भएपछि तत्काल रवाना हुन दबाब दिइन्छ, भने (बरिष्ठ सई) पण्डित पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नजिकका पात्र भएका कारण उनी पहुचको भरमा रवाना नबुझेर मनोमानी गरिरहेको प्रहरी स्रोतले जनाएको छ । यति मात्र होइन साना दर्जाका प्रहरीहरूको बिदामा समेत कटौती गरिन्छ, तर बरिष्ठ सई पण्डितले रवाना नबुझेर महिनौं देखि बिदामा बसिरहेको प्रहरी स्रोतको दाबी छ। यस्ता गतिबिधीले जिल्ला प्रहरी कार्यालय पर्सामा साना प्रहरीलाई ऐन र ठूलालाई चैन भन्ने प्रवृत्ति नै लागुभएको देखिन्छ । तर यस विषयमा प्रहरी प्रमुख सुदिप राज पाठकबाट अहिले सम्म कुनै धारणा सार्वजनिक भएको छैन।
स्रोतले पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकसँग वरिष्ठ सई पण्डितको निकट सम्बन्ध रहेको आरोप लगाउँदै सोही प्रभावका कारण सरुवा आदेश कार्यान्वयनमा ढिलाइ भएको दाबी गरिएको छ।
पर्साका प्रहरी प्रमुख पाठकको विश्वास पात्रको रुपमा वरिष्ठ सई पण्डितरहेका छन, भने उनले प्रहरी प्रमुखको धावनको रूपमा जिल्लामा स्थापित समेत रहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरी प्रमुख पाठकको आशिर्वादमा वरिष्ठ सई पण्डितले जिल्ला भरी करोवारीहरू देखि लिएर, तस्करीको लाइन मिलाउने र फाट् सम्म मुद्दा मिलाउने नाममा समेत आर्थिक अनियमितता तथा आर्थिक लेनदेन सजिलै गर्ने र प्रहरी प्रमुख पाठक सम्म पुर्याउने गरेको नाम नछापने शर्तमा एकजना प्रहरी कर्मचारीले जानकारी दिएका छन।
यस घटनाले प्रहरी संगठनभित्र सरुवा आदेश कार्यान्वयन, अनुशासन तथा समान व्यवहारको विषयमा गम्भीर प्रश्न उठाएको छ। यदि सरुवा आदेश सबैका लागि समान रूपमा लागू हुने हो भने महिनौंसम्म एक अधिकारी रवाना नहुनुको कारण के हो भन्ने प्रश्न अहिले सार्वजनिक चासोको विषय बनेको छ।
यस बिषयमा मधेस प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालसंग बुझ्न खोज्दा उनले सरुवा र रवाना प्रहरी भित्रको आन्तरिक प्रक्रिया हो, आवश्यक परेको ठाउँमा रोक्ने गरिन्छ यो कुनै महत्वपूर्ण कुरा नरहेको प्रतिक्रिया दिनुभयो।

प्रतिक्रिया