$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

फेरियो निर्णय, मनोज कुमार यादवले पुनः सम्हाले श्री राम चरित्र भगत माध्यमिक विद्यालयको नेतृत्व

580

पर्साको पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पुनः मनोज कुमार यादवले सम्हाल्नुभएको छ।

पकाहामैनपुर गाउँपालिकाको गाउँसभाले २०८३ असार १० गते गरेको निर्णयअनुसार यादवलाई पुनः सो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको हो। यसअघि उहाँको काज सरुवा श्री संसारीमाई माध्यमिक विद्यालयमा गरिएको थियो। गाउँसभाको निर्णयपछि उहाँ पुनः आफ्नै पुरानो जिम्मेवारीमा फर्कनुभएको हो।

सोमबार आयोजित एक औपचारिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले खादा तथा टीका लगाएर यादवलाई स्वागत गर्दै पदभार ग्रहण गराउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासलाई अझ प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले अनुभवी नेतृत्वको पुनरागमनले विद्यालयको शैक्षिक गुणस्तर थप उकासिने विश्वास व्यक्त गर्दै शिक्षक, अभिभावक र समुदायलाई विद्यालयको समग्र विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो।

पदभार ग्रहणपछि नवनियुक्त प्रधानाध्यापक मनोज कुमार यादवले आफूलाई पुनः जिम्मेवारी प्रदान गरेकोमा गाउँपालिका, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शिक्षण वातावरण निर्माण, विद्यार्थीमैत्री शिक्षण प्रणाली, सूचना प्रविधिमैत्री शिक्षा तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उनले शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा समुदायसँग समन्वय र सहकार्य गर्दै विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ इमानदारीपूर्वक काम बताए । उहाँले विद्यालयमा सुशासन, पारदर्शिता, नियमित पठनपाठन र सिकाइ उपलब्धिमा सुधार ल्याउन विशेष योजना बनाएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सामाजिक अभियन्ता तथा पकहाॅंमैनपुर गाउँपालिका प्रमुखका प्रत्यासी अकलेश कुमार साह, समाजसेवी धधिरेन्द्र चौहान, रंजित साह, बलिराम यादव, राजन साह लगायत विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश कुमार साह, शिक्षक-शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले पनि प्रधानाध्यापक यादवको पुनरागमनसँगै विद्यालयको शैक्षिक वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। विद्यालय प्रशासनले समेत सबै पक्षको सहकार्यबाट विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
Uploaded Image

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,25,बिजनेश,1,राष्ट्रिय,19,विचार,3,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: फेरियो निर्णय, मनोज कुमार यादवले पुनः सम्हाले श्री राम चरित्र भगत माध्यमिक विद्यालयको नेतृत्व
फेरियो निर्णय, मनोज कुमार यादवले पुनः सम्हाले श्री राम चरित्र भगत माध्यमिक विद्यालयको नेतृत्व
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiI1dB3qLAX_9gG51Wf4fF0uOF8gv0cj2Cq4_Lro2Cd3ZAyETuuxbw9XYr4sgpij-qhbINwifnXFqh7JqehJ_ug4vmdHiwBbroXcPuOAT12fqR5dxQxcDy51K5FifhqZHaB-0nc_OOiRUcl91mF0FUNw6mj_wdJaYrtCfBeJlrs2OFklQlKZ5atsucN-L8/s1600/bpk.jpg=s320
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiI1dB3qLAX_9gG51Wf4fF0uOF8gv0cj2Cq4_Lro2Cd3ZAyETuuxbw9XYr4sgpij-qhbINwifnXFqh7JqehJ_ug4vmdHiwBbroXcPuOAT12fqR5dxQxcDy51K5FifhqZHaB-0nc_OOiRUcl91mF0FUNw6mj_wdJaYrtCfBeJlrs2OFklQlKZ5atsucN-L8/s72-c/bpk.jpg=s320
BP Khabar
https://www.bpkhabar.com/2026/07/blog-post_13.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/07/blog-post_13.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content