वीरगञ्ज- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी प्रमुख दानबहादुर कार्कीमाथि संसद्मा दिएको अभिव्यक्तिप्रति नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य अनिल कुमार हजराले कडा आपत्ति जनाएका छन।
हजराले बिना प्रमाण कसैलाई भ्रष्टाचारको आरोप लगाउनु राजनीतिक मर्यादा र जिम्मेवार लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गर्दै सांसद सुनारलाई प्रमाणसहित प्रस्तुत हुन चुनौती दिएका छन।
उनले भने, “तपाईंसँग भ्रष्टाचारसम्बन्धी ठोस प्रमाण छ भने सार्वजनिक रूपमा पेश गर्नुहोस् र आवश्यक कानुनी प्रक्रियामा जानुहोस। प्रमाणबिना कसैको चरित्रहत्या र परिवार माथि आरोप लगाउने प्रवृत्ति बन्द गर्नुपर्छ।”
हजराले राज्यका निकायमाथि प्रश्न उठाउने अधिकार सबैलाई भए पनि आरोप लगाउने व्यक्तिले त्यसको आधार र प्रमाणसमेत प्रस्तुत गर्नुपर्ने बताए। उनका अनुसार सरकारसँग प्रहरी, अख्तियार लगायतका सम्बन्धित राज्य संयन्त्रहरू रहेकाले भ्रष्टाचार भएको दाबी भए कानुनी प्रक्रियामार्फत छानबिन र कारबाही अघि बढाउनुपर्ने हुन्छ।
“तपाईंहरूसँग सरकार छ, राज्यका सम्बन्धित निकाय छन। त्यसैले सदनमा प्रमाणबिनाको आरोप लगाउने थलो बनाउनु हुँदैन,” हजराको भनाइ छ।
उनले राजनीतिक प्रतिस्पर्धाका नाममा व्यक्तिगत आरोप, चरित्रहत्या र सार्वजनिक संस्थामाथि प्रमाणबिनाको गम्भीर आरोप लगाउने शैलीले लोकतान्त्रिक संस्कार कमजोर बनाउने चेतावनीसमेत दिए।
हजराले सांसद सुनारतर्फ लक्षित गर्दै थप कडा प्रश्न उठाए, “प्रमाण छ भने पेश गर्नुस्, छैन भने आरोप लगाउन बन्द गर्नुस। राजनीति आरोप–प्रत्यारोपमा होइन, तथ्य, प्रमाण र जवाफदेहितामा आधारित हुनुपर्छ।”
प्रहरी प्रमुखमाथि संसद्मा उठाइएको विषय गम्भीर भएकाले त्यसको सत्यतथ्य प्रमाणका आधारमा सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने भन्दै हजराले राजनीतिक भाषणभन्दा प्रमाण र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन।

प्रतिक्रिया