वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय प्रतिनिधि निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर- २२का युवा नेता अभिजित यादव निर्वाचित भएका छन।
बुधबार सम्पन्न वडा तहको निर्वाचनबाट यादव क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन। नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको सक्रिय सहभागिता बढाउने उद्देश्यसहित आफू राजनीतिमा सक्रिय रहेको यादवले बताएका छन।
यादवको निर्वाचनलाई वडा नम्बर २२ मा युवा पुस्ताको राजनीतिक सक्रियताको प्रतिनिधित्वका रूपमा हेरिएको छ। क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै उनले पार्टीको आगामी महाधिवेशन प्रक्रियामा वडा तहको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन।
यादवले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टी संगठनलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन।

प्रतिक्रिया