पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि नेकपा एमालेका युवा उम्मेदवार रुपेश कुमार पाण्डेले जनमतको सम्मान गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले लोकतान्त्रिक अभ्यासमा जनताको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै निर्वाचन परिणामलाई विनम्रतापूर्वक स्वीकार गरेको बताएका छन।
पाण्डेले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै चुनावी अभियानमा साथ दिने कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति विशेष धन्यवाद दिएका छन। उनले निर्वाचनमा प्राप्त परिणामलाई हारका रूपमा मात्र नभई आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण सिकाइ र आत्ममूल्यांकनको अवसरका रूपमा लिएको बताएका छन।
"हारले मेरो पाइला रोकिने छैन, बरु अझ परिष्कृत भएर जनताको सेवामा लाग्न थप जिम्मेवार बनाएको छ," भन्दै उनले सदनमा प्रतिनिधित्व नभए पनि पर्सा–३ का नागरिकको अधिकार, विकास र समृद्धिका मुद्दामा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन।
पाण्डेले यस क्षेत्रबाट अग्रस्थानमा रहेका उम्मेदवार रमाकान्त चौरसियालाई विजयको बधाई दिँदै निर्वाचित जनप्रतिनिधिले सबैलाई समेटेर क्षेत्रको विकासमा काम गर्ने अपेक्षा व्यक्त गरेका छन। साथै उनले आफूले रचनात्मक सहयोग र आवश्यक खबरदारी दुवै भूमिका निर्वाह गर्ने पनि उल्लेख गरेका छन।
पर्सा–३ मा यस पटकको निर्वाचनले पुराना राजनीतिक ध्रुवीकरण र नयाँ पुस्ताको उदयबीचको प्रतिस्पर्धालाई स्पष्ट रूपमा देखाएको छ। युवा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पाण्डेले छोटो समयमा उल्लेखनीय जनसमर्थन जुटाएका थिए, जसलाई आगामी राजनीतिक समीकरणका लागि महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा पाण्डेको प्रतिक्रियालाई परिपक्व र जिम्मेवार राजनीतिक सन्देशका रूपमा लिइएको छ। पराजयपछि पनि जनतासँगको सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धताले आगामी दिनमा उनको राजनीतिक सक्रियता अझ सुदृढ हुन सक्ने देखिन्छ।
यसैबीच पाण्डेले निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन। उनले जनसेवा र राजनीतिक प्रतिबद्धताको यात्रा निरन्तर जारी रहने स्पष्ट सन्देश समेत दिएका छन।

प्रतिक्रिया