पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा विभिन्न दल परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको घटनाले क्षेत्रको राजनीतिक समीकरणमा नयाँ संकेत दिएको छ।
पोखरीया स्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बिन्दवासिनी गाउँपालिका–ईटीयाही टोलका सुरेश पासवानको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन। यसैगरी बहुदरमाई नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा लोरिक महतोको नेतृत्वमा जसपासहित विभिन्न दल त्यागेर ठूलो संख्यामा नेता–कार्यकर्ता एमालेमा समाहित भएका छन।
नवप्रवेशीहरुलाई पर्सा क्षेत्र नम्बर–३ का एमाले प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले खादा तथा टिका लगाएर स्वागत गर्दै पार्टीमा सम्मानजनक भूमिका दिने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा बोल्दै पाण्डेले पर्सा–३ मा विकास, सुशासन र युवामुखी नेतृत्वको आवश्यकता औंल्याउँदै जनताको विश्वासलाई परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने दाबी गरे।
कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, संविधानसभा सदस्य तथा पोखरीया नगरपालिका प्रमुख प्रधुमन चौहान, पूर्व प्रदेश सभा सदस्य तथा वरिष्ठ नेता प्रह्लाद गिरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो। नेताहरुले पर्सा–३ मा एमालेप्रति बढ्दो जनसमर्थनलाई परिवर्तनको संकेतका रूपमा व्याख्या गरे।
पछिल्लो समय पर्सा–३ मा पुराना राजनीतिक संरचनाप्रति असन्तुष्टि बढ्दै गएको र नयाँ नेतृत्वप्रति आकर्षण देखिन थालेको सन्दर्भमा एमालेतर्फको यो प्रवेश अभियान अर्थपूर्ण मानिएको छ। विशेषगरी युवावर्ग, मधेसका स्थानीय समुदाय तथा श्रमिक वर्गमा एमाले उम्मेदवार पाण्डेको सक्रियता र पहुँचले चुनावी माहोल प्रभावित गरिरहेको टिप्पणी गरिएको छ।
आगामी निर्वाचनको परिणाम कस्तो आउनेछ भन्ने त मतपरिणामले नै तय गर्नेछ, तर हालसम्मको गतिविधिले पर्सा–३ मा एमाले र युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा वातावरण बन्दै गएको संकेत गरेको देखिन्छ।

प्रतिक्रिया