नेकपा एमाले पर्सा जिल्ला कमिटीका सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश (ख) का सचिव कौशल साह ले सामाजिक सञ्जालमार्फत पोखरिया नगरपालिकाका प्रमुख तथा एमाले मधेस प्रदेश कमिटी सदस्य प्रधुमन प्रसाद चौहान माथि कडा टिप्पणी गरेका छन। प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामलाई लिएर उनले चौहानलाई प्रत्यक्ष रूपमा लक्षित गर्दै तीखा आरोप लगाएका हुन।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्टाटसमा साहले पोखरिया नगरपालिकाका प्रमुख चौहानले रूपेश पाण्डेलाई एमालेमा ल्याएर अन्ततः डुबाएको आरोप लगाएका छन। उनले लेखेका छन, कि चौहानकै कारण कतिपय मतदाताले व्यक्तिगत सम्बन्धका आधारमा ढोकामा भोट माग्न आउने व्यक्तिलाई समर्थन गरेकाले नजिकका मानिसहरूले एमालेको पक्षमा मतदान नगरेको संकेत दिएका छन।
यो अभिव्यक्तिलाई एमालेभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वमाथिको असन्तोषको सार्वजनिक अभिव्यक्तिका रूपमा हेरिएको छ। चुनावी परिणामपछि पार्टीभित्र जिम्मेवारी र रणनीतिमाथि प्रश्न उठ्न थालेको देखिन्छ।
कौशल साहको टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन। केहीले यसलाई पार्टीभित्रको असन्तुष्टि बाहिर ल्याउने कदम भनेका छन भने कतिपयले चुनावी हारको जिम्मेवारी कसले लिने भन्ने बहस सुरु भएको बताएका छन।
यता, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन प्रसाद चौहानले भने उक्त टिप्पणीबारे औपचारिक प्रतिक्रिया दिएका छैन्न। तर एमाले पर्सा भित्र चुनावपछि नेतृत्व, रणनीति र जिम्मेवारीको विषयमा बहस चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया