$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सा–३ मा परिवर्तनको आँधी : रूपेश पाण्डेको लहरले पुराना गढ हल्लिए

580

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ। यस क्षेत्रबाट नेकपा (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डे परिवर्तनको सम्वाहक र भरोसायोग्य नेतृत्वका रूपमा स्थापित हुँदै जनताको व्यापक समर्थन बटुलिरहेका छन।

पछिल्लो समय पाण्डेले सञ्चालन गरिरहेको निरन्तर घरदैलो, मतदाता भेटघाट तथा "जनता दर्शन" कार्यक्रमले चुनावी वातावरणलाई आफ्नो पक्षमा मोडेको देखिन्छ। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने स्पष्ट भिजन प्रस्तुत गर्दै आएका छन। मतदाताहरूले उनको योजनालाई तथ्यमा आधारित र कार्यान्वयनयोग्य भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमालेका रूपेश कुमार पाण्डे र नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीबीच देखिए पनि बदलिँदो राजनीतिक परिवेशले युवा नेतृत्वप्रतिको आकर्षण बढाएको देखिन्छ। २०४८ सालदेखि लामो राजनीतिक अनुभव बटुलेका चौधरीको तुलनामा पाण्डे नयाँ ऊर्जा, स्पष्ट एजेन्डा र सक्रिय जनसम्पर्कका कारण मतदातामाझ लोकप्रिय बन्दै गएको बुझिएको छ ।

यता, पटक–पटक निर्वाचित हुँदै मन्त्रीसमेत भइसकेका काँग्रेस नेता चौधरीमाथि कामभन्दा भाषण बढी गर्ने, चुनावका बेला मात्र जनतामाझ देखिने 'म्यादी उम्मेदवार' को छवि बनेको स्थानीय स्तरमा आरोप समेत लाग्न सुरु भएको छ । केही मतदाताले पनि विकासका ठोस उपलब्धि अपेक्षाअनुसार नदेखिएको गुनासो व्यक्त गर्दै नयाँ विकल्प रोज्ने मनस्थितिमा पुगेको संकेत दिएका छन।

सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसिया पनि प्रतिस्पर्धामा देखिए पनि मुख्य प्रतिस्पर्धा भने एमाले र काँग्रेसबीच नै केन्द्रित रहेको आकलन गरिएको छ। तथापि बहुदलीय प्रतिस्पर्धाले मत विभाजनको सम्भावना रहने भए पनि हालको चुनावी गतिशीलता पाण्डेको पक्षमा अनुकूल बन्दै गएको एमाले समर्थकहरूको दाबी छ।

समग्रमा पर्सा–३ मा यसपटकको निर्वाचन केवल व्यक्तिको प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिक शैली र नयाँ पुस्ताको नेतृत्वबीचको वैचारिक प्रतिस्पर्धाका रूपमा हेरिएको छ। परिवर्तन, पारदर्शिता र विकासको नारासहित अघि बढेका रूपेश कुमार पाण्डेको अभियानले मतदातामाझ बलियो प्रभाव पारिरहेको देखिन्छ। अब अन्तिम निर्णय भने फागुन २१ गते मतपेटिकाबाट नै आउनेछ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,23,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पर्सा–३ मा परिवर्तनको आँधी : रूपेश पाण्डेको लहरले पुराना गढ हल्लिए
पर्सा–३ मा परिवर्तनको आँधी : रूपेश पाण्डेको लहरले पुराना गढ हल्लिए
https://blogger.googleusercontent.com/img/a/AVvXsEgT88OhM-oXorGCnBOv9WVrUdXMAxeXdhB7P9i9QIBzvOPb3OyOhaRAdQpP4t1Q_rEDGO5SDprxZH1YNNRDdfdrIcJUrcY34ZyRLP9UJavHPnQao_1lpy4Vs2_psyyvpFVdc183L_8bHEsnbKO83xToUVPkYd31gyJ74Rwpu1yFDCulARk821sRoXuhqyw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgT88OhM-oXorGCnBOv9WVrUdXMAxeXdhB7P9i9QIBzvOPb3OyOhaRAdQpP4t1Q_rEDGO5SDprxZH1YNNRDdfdrIcJUrcY34ZyRLP9UJavHPnQao_1lpy4Vs2_psyyvpFVdc183L_8bHEsnbKO83xToUVPkYd31gyJ74Rwpu1yFDCulARk821sRoXuhqyw=s72-c
BP Khabar
https://www.bpkhabar.com/2026/02/blog-post_15.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/02/blog-post_15.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content