वीरगञ्ज– पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–२५ मा जसपा नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। स्थानीय बासिन्दाको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त कार्यक्रममा टेमानीप्रति बढ्दो जनआधार स्पष्ट रूपमा देखिएको सहभागीहरूले बताएका छन।
घरदैलो अभियानका क्रममा उम्मेदवार टेमानीले प्रत्येक टोल–बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीय समस्या, विकासको आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विस्तारका विषयमा उनले आफ्नो स्पष्ट एजेन्डा प्रस्तुत गरेका थिए।
टेमानीले वीरगञ्जलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा अझ सशक्त बनाउने, सीमावर्ती क्षेत्रका समस्या समाधान गर्ने, युवा पलायन रोक्न उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। "राजनीति पद र प्रतिष्ठाका लागि होइन, जनताको अधिकार र समृद्धिका लागि हो," उनले घरदैलोका क्रममा बताएका थिए।
स्थानीयवासीहरूले विगतका जनप्रतिनिधिहरूबाट अपेक्षित उपलब्धि नदेखिएको गुनासो गर्दै यसपटक परिवर्तन र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए। वडा नम्बर–२५ का विभिन्न टोलमा टेमानीको स्वागतमा युवा, महिला र ज्येष्ठ नागरिकहरूको सक्रिय उपस्थिति देखिएको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–२ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक बन्दै गएको छ। मधेसको पहिचान, अधिकार र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढेका टेमानीको अभियानले मतदातामा सकारात्मक प्रभाव पारिरहेको बताइन्छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा जसपा नेपालका उम्मेदवार अशोक टेमानीको घरदैलो अभियानले पर्सा–२ मा चुनावी माहोल थप तातेको छ। स्थानीय स्तरमा देखिएको उत्साह र समर्थनले उनको पक्षमा बलियो आधार तयार हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया