$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सा–३ मा एमालेको ‘डबल इन्जिन’को आँधी : जयसवाल गेमचेन्जर, रूपेशको जित सुनिश्चिततर्फ

580

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) को चुनावी अभियान थप सशक्त र व्यवस्थित बन्दै गएको छ। युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा पार्टीभित्र देखिएको एकता, ऊर्जा र रणनीतिक परिचालनले यस क्षेत्रको चुनावी समीकरण नै बदल्ने संकेत गरेको छ।


एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका रूपेश कुमार पाण्डेलाई विजयी गराउन प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रमोद जयसवालको सक्रिय भूमिका अहिले 'गेमचेन्जर' का रूपमा हेरिएको छ। निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका नेता जयसवालले चुनावी अभियानलाई योजनाबद्ध, परिणाममुखी र जनकेन्द्रित बनाउँदै लगेका छन।

स्थानीय तहदेखि प्रदेश सरकारसम्मको अनुभव बोकेका जयसवालको राजनीतिक उचाइ, संगठन निर्माणमा दक्षता र कार्यकर्ताबीचको पकडले एमालेको चुनावी संरचना बलियो बनेको छ। गाउँ–टोल केन्द्रित भेटघाट, घरदैलो, जनता दर्शन कार्यक्रम तथा कार्यकर्ता प्रशिक्षणमार्फत उनले अभियानलाई गतिशील बनाएका छन। यही कारण अहिले एमालेका नेता–कार्यकर्ताहरूले उनलाई "पर्सा–३ का गेमचेन्जर" को संज्ञा दिन थालेका छन।

नेता जयसवालले हरेक कार्यक्रममा रूपेश पाण्डेलाई परिवर्तनको सम्वाहक र भरोसायोग्य युवा नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको दीर्घकालीन विकासका लागि युवा सोच र अनुभवी मार्गदर्शनको संयोजन आवश्यक रहेको धारणा राख्दै आएका छन।

रूपेश पाण्डेले अघि सारेका विकासका एजेन्डा—पूर्वाधार विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार—लाई मतदाताले सकारात्मक रूपमा लिदैं आएका छन, भने विशेषगरी युवावर्ग, व्यवसायी र शिक्षित वर्गमा पाण्डेको भिजनप्रति आकर्षण बढ्दै गएको छ।

पर्सा–३ मा यसपटकको प्रतिस्पर्धा केवल उम्मेदवारबीचको मात्र नभई संगठन, रणनीति र विश्वसनीयताबीचको पनि हो। यस सन्दर्भमा रूपेश पाण्डेको युवा ऊर्जा र प्रमोद जयसवालको अनुभवको संयोजनलाई एमालेले 'डबल इन्जिन' रणनीतिको रूपमा अघि सारेको छ।

चुनावी माहोल तात्दै जाँदा एमालेभित्र देखिएको एकता, अनुशासन र आक्रामक तर व्यवस्थित प्रचारशैलीले पर्सा–३ मा नयाँ राजनीतिक सन्देश दिएको छ। नेता जयसवालको सक्रियता र रूपेश पाण्डेको लोकप्रियता मिलेर एमालेको पक्षमा स्पष्ट लहर सिर्जना भएको दाबी पार्टीका स्थानीय नेताहरूको छ।

अबको केही दिनमा हुने मतदानले पर्सा–३ को राजनीतिक भविष्य निर्धारण गर्नेछ। तर अहिलेको परिदृश्यले भने रूपेश पाण्डेको पक्षमा माहोल बलियो बन्दै गएको र प्रमोद जयसवाल त्यस अभियानका मुख्य रणनीतिकार तथा 'गेमचेन्जर' का रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,23,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पर्सा–३ मा एमालेको ‘डबल इन्जिन’को आँधी : जयसवाल गेमचेन्जर, रूपेशको जित सुनिश्चिततर्फ
पर्सा–३ मा एमालेको ‘डबल इन्जिन’को आँधी : जयसवाल गेमचेन्जर, रूपेशको जित सुनिश्चिततर्फ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhSRVAbOQVN4ycrlhnp6esBDcbkpbhHzudp7qvkOOS4iBa9mKooR4pP6L-dRWy4QY6JECcUdOzIxi-erZ_LVNZiEtPl8du1Fu7vsrWzZt0l4pM_kv298ebAv1T2ls0yC_4F3AcThT1G7JTXHlRki8R5yXj3-XDXqx9ah94ljYga7cgBVh9zeOTvHxLoS7wl/s320/063bc26d-1072-4882-8359-db40f59b9320.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhSRVAbOQVN4ycrlhnp6esBDcbkpbhHzudp7qvkOOS4iBa9mKooR4pP6L-dRWy4QY6JECcUdOzIxi-erZ_LVNZiEtPl8du1Fu7vsrWzZt0l4pM_kv298ebAv1T2ls0yC_4F3AcThT1G7JTXHlRki8R5yXj3-XDXqx9ah94ljYga7cgBVh9zeOTvHxLoS7wl/s72-c/063bc26d-1072-4882-8359-db40f59b9320.jpg
BP Khabar
https://www.bpkhabar.com/2026/02/blog-post_16.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/02/blog-post_16.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content