पर्साको पोखरीया नगरपालिकाका विभिन्न वडाहरूमा नेकपा (एमाले) ले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा एमाले नेताहरूले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा र विकास योजनाबारे जानकारी गराएका थिए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डे पक्षधर नेताहरूले समृद्ध क्षेत्रको निर्माणका लागि स्थिर राजनीतिक नेतृत्व आवश्यक रहेको धारणा राखे। उनीहरूले विगतका राजनीतिक अस्थिरता र अवसरवादी प्रवृत्तिले विकासको गति अवरुद्ध भएको उल्लेख गर्दै अब निर्णायक जनमतमार्फत स्थायित्व र विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
घरदैलोका क्रममा स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी जस्ता आधारभूत विषयमा आफ्ना समस्या र अपेक्षा राखेका थिए। एमाले नेतृत्वले ती मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।
रूपेश पाण्डेलाई युवा, ऊर्जाशील र परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्दै कार्यकर्ताहरूले "विकास, सुशासन र समृद्धि" लाई मुख्य चुनावी एजेन्डा बनाइएको जनाएका छन्। पछिल्ला दिनहरूमा पोखरीया क्षेत्रमा एमालेप्रति आकर्षण बढ्दै गएको दाबी पनि गरिएको छ।
पर्सा - ३मा चुनावी प्रतिस्पर्धा यसपटक रोचक बन्दै गएको छ। मुख्य दलहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै जाँदा मतदाताको झुकाव अन्तिम समयमा निर्णायक हुने आकलन गरिएको छ। यस्तो अवस्थामा घरदैलोमार्फत प्रत्यक्ष जनसम्पर्क विस्तार गर्नु एमालेका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
कार्यक्रममा नेताहरूले सूर्य चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दै विकास र स्थायित्वका लागि एमाले उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए।

प्रतिक्रिया