$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सा–३ मा ‘परिणाममुखी नेतृत्व’ को बहस : रूपेश पाण्डे बलियो दाबेदार

580



वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ यतिबेला राजनीतिक रूपमा चासोको केन्द्र बनेको छ। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँका मुख्य दलहरू चुनावी मैदानमा सक्रिय देखिएका छन। यसैक्रममा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डे युवा नेतृत्वको रूपमा चर्चामा छन।


तीन वर्षदेखिको क्षेत्रीय सक्रियता


रूपेश पाण्डेले विगत केही वर्षदेखि क्षेत्रका विभिन्न वडाहरूमा पुगेर स्थानीय समस्या, पूर्वाधारको अवस्था, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा अध्ययन तथा अन्तरक्रिया गर्दै आएका छन। स्थानीय अगुवा र युवाहरूसँग निरन्तर संवाद गर्दै उनले “ग्रासरूटबाट समस्या पहिचान र समाधान” को अवधारणा अघि सारेका छन।


उनले सार्वजनिक रूपमा पर्सा–३ लाई आर्थिक तथा सामाजिक दृष्टिकोणले सबल बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन्। विशेषगरी कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग प्रवर्द्धन, युवाका लागि सीपमूलक तालिम र रोजगारी सिर्जना उनका प्राथमिक एजेन्डा रहेको बताइन्छ।


विकास र सुशासनमा जोड


पाण्डेले क्षेत्रको सडक सञ्जाल विस्तार, सिंचाइ व्यवस्थापन सुधार, स्वास्थ्य चौकी स्तरोन्नति र विद्यालय पूर्वाधार सुदृढीकरण, क्षेत्रलाई बाजारीकरणको योजना प्राथमिकतामा राखेका छन। उनले विकास योजनामा पारदर्शिता र सुशासनलाई अनिवार्य सर्तका रूपमा उठाउँदै आएका छन। उनका अनुसार, “स्थानीय आवश्यकता पहिचान गरेर दीर्घकालीन योजना बनाउने हो भने पर्सा–३ लाई समृद्धिको मार्गमा अघि बढाउन सकिन्छ।”



बढ्दो जनसक्रियता


चुनावी अभियानका क्रममा विभिन्न गाउँपालिका र वडाहरूमा भएका भेटघाट तथा छलफल कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको बताइएको छ। स्थानीय स्तरमा युवा पुस्ता वैकल्पिक सोच र परिणाममुखी नेतृत्व खोजिरहेको सन्दर्भमा पाण्डेको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको उनका छ। 


प्रतिस्पर्धात्मक वातावरण


पर्सा–३ मा नेकपा एमाले र नेपाली काँग्रेस ममुख्य प्रतिस्पर्धा देखिँदै आएको छ। सोही क्रममा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि पछि पछि प्रतिस्पर्धामा आउन कसरत गरिरहेका छन। यस्तो प्रतिस्पर्धात्मक वातावरणमा प्रत्येक उम्मेदवारले आ–आफ्ना एजेन्डा र भिजन मतदातामाझ प्रस्तुत गरिरहेका छन।


परिवर्तनको बहस


२०४८ सालदेखि विभिन्न राजनीतिक उतारचढाव देखेको पर्सा–३ मा यसपटक विकासको स्पष्ट खाका, पारदर्शी कार्यशैली र परिणाममुखी नेतृत्वबारे बहस केन्द्रित देखिन्छ। युवा पुस्ताको सक्रिय सहभागिताले पनि चुनावी माहोललाई फरक ढंगले प्रभावित गरिरहेको छ।


मतदाताले कसको भिजन, योजना र विश्वसनीयतालाई रोज्ने भन्ने निर्णय निर्वाचन परिणामले तय गर्नेछ। तर पर्सा–३ मा यसपटक विकास, सुशासन र युवा नेतृत्वको मुद्दा मुख्य बहसको केन्द्रमा आएको छ र यस तर्फ नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयको पक्षमा निर्वाचन केन्द्रित भएको देखिन्छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,23,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पर्सा–३ मा ‘परिणाममुखी नेतृत्व’ को बहस : रूपेश पाण्डे बलियो दाबेदार
पर्सा–३ मा ‘परिणाममुखी नेतृत्व’ को बहस : रूपेश पाण्डे बलियो दाबेदार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ8doi0dMocYrWksR3xopF_yNUR8omy1wt2xD0ZKGiJlN2oB0UETS9o0UOhyphenhyphen9vQG8o3B7TV7lZ5hadVtyTuldChVYl6uZr73YZFs2g1luyu-H0XrMgeRzN6rYUKehB-pdzUZFE_bADXBOqfFCJX2iPV-b9g6pmTkVQF_vC0pfM9Jwb_q906iNOXG17sc2Z/s320/77f73fe4-70af-4d82-a9cb-c7bd9e49fb3d.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ8doi0dMocYrWksR3xopF_yNUR8omy1wt2xD0ZKGiJlN2oB0UETS9o0UOhyphenhyphen9vQG8o3B7TV7lZ5hadVtyTuldChVYl6uZr73YZFs2g1luyu-H0XrMgeRzN6rYUKehB-pdzUZFE_bADXBOqfFCJX2iPV-b9g6pmTkVQF_vC0pfM9Jwb_q906iNOXG17sc2Z/s72-c/77f73fe4-70af-4d82-a9cb-c7bd9e49fb3d.jpg
BP Khabar
https://www.bpkhabar.com/2026/02/blog-post_27.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/02/blog-post_27.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content