पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीप्रति जनसमर्थन बढ्दै गएको देखिएको छ। स्थानीय तहमा भइरहेका गतिविधि र घरदैलो कार्यक्रमले चुनावी माहोल थप सक्रिय बन्दै गएको छ।
यसैक्रममा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर–२६, सुगौलीमा आज जसपा नेपालले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा उम्मेदवार टेमानीसहित पार्टीका स्थानीय नेता–कार्यकर्ता सहभागी थिए। घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाबारे छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी स्थानीयहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारजस्ता विषयमा दीर्घकालीन समाधान आवश्यक रहेको बताएका थिए।
जसपा नेपालका उम्मेदवार अशोक टेमानीले जनताका आवाजलाई प्रतिनिधिसभामा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै समावेशी विकास र सामाजिक न्याय आफ्नो प्राथमिकता हुने बताए।
घरदैलो अभियानले स्थानीय तहमा सकारात्मक सन्देश गएको पार्टीका नेताहरूको दाबी छ। उनीहरूका अनुसार प्रत्यक्ष संवादका कारण मतदातामा विश्वास बढ्दै गएको र चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
पर्सा–२ मा विभिन्न राजनीतिक दलहरू सक्रिय देखिए पनि जसपा नेपालको घरदैलो अभियानले स्थानीय राजनीतिक गतिविधिलाई थप गति दिएको छ। आगामी दिनमा चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूबीच जनसम्पर्क र चुनावी कार्यक्रम अझ तीव्र हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया