वीरगञ्ज – पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–४ मा नेकपा एमालेको घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो।
मतदाता भेटघाटका क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रूपेश कुमार पाण्डेले राष्ट्र र राष्ट्रियताको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि नेकपा एमालेको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन। उनले देशको वर्तमान राजनीतिक अवस्थालाई स्मरण गराउँदै अस्थिरता अन्त्य गर्न र विकासलाई तीव्रता दिन एमाले नै सक्षम शक्ति भएको दाबी गरे।
"राष्ट्र बलियो भए मात्र क्षेत्र बलियो हुन्छ," उनले भने, "पर्सा–३ लाई कृषि, उद्योग, रोजगारी र पूर्वाधार विकासको केन्द्र बनाउने स्पष्ट योजना लिएर आएको छु।" पाण्डेले आफूलाई परिवर्तनको संवाहक र भरोसायोग्य युवा नेतृत्वका रूपमा प्रस्तुत गर्दै जनताको साथ र विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गरे।
कार्यक्रममा सहभागी मतदाताहरूले पाण्डेको विकास भिजनको प्रशंसा गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। पछिल्ला दिनहरूमा पर्सा–३ मा पाण्डेको पक्षमा जनसमर्थन दिनप्रतिदिन सुदृढ बन्दै गएको देखिएको छ।
जिल्लाका चिरपरिचित नेता तथा कार्यकर्ताहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो। आगामी दिनमा घरदैलो अभियानलाई अझ तीव्र बनाउने एमालेको तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया