वीरगञ्ज – पर्साको पकाहामैनपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ। आफ्ना कमजोरी र प्रशासनिक असक्षमता लुकाउन पालिका प्रमुख सुरेश मेहतामाथि निराधार आरोप लगाउँदै जनप्रतिनिधिबीच विवाद सिर्जना गर्ने प्रयास भएको सामाचार हुन आएकोे छ।
प्रमुख प्रशासकीय अधिकृत साहले हालै जारी गरेको प्रेस विज्ञप्तिमा पालिका प्रमुख मेहतामाथि लगाइएका आरोपहरू तथ्यहीन, अतिरञ्जित र एकपक्षीय रहेको दाबी गरिएको छ। विज्ञप्तिमा मेहताले कर्मचारीलाई धम्की दिएको, अमर्यादित व्यवहार गरेको तथा कार्यालयको वातावरण बिथोलेको आरोप लगाइएको भए पनि त्यसको ठोस प्रमाण सार्वजनिक गर्न नसकिएको भन्दै प्रश्न उठाइएको छ।
यता प्रमुख प्रशासकीय अधिकृत साहले बिज्ञप्तीमा उल्लेख गरेकाे समयमा पालिका वा पालिका प्रमुखको कार्यकक्षमा यस्ता कुनै घटना परीघटना नभएको नाम नछाप्ने शर्तमा एक जना कर्मचारीले जानकारी दिएका छन। उनले भने पालिको बजेट विनियोजन तथा प्रशासनिक कामका लागि प्रमुख प्रशासकीय अधिकृत साहसंग छलफल गरिएको थियो तर प्रमुख प्रशासकीय अधिकृत साहले पालिका प्रमुख सुरेश मेहताबमाथी आरोप लगाउँदै दनाम गर्ने प्रपञ्च मात्र रचिएको समेत बताए ।
यसैगरी बिज्ञप्तीमा हस्ताक्षर गरेका कर्मचारी समेतले आफुहरूलाई झुठा आश्वासनमा खाली कागलमा हस्ताक्षर गराई प्रमुख प्रशासकीय अधिकृत साहले पालिका प्रमुख सुरेश मेहतालाई बदनाम गर्ने सडयन्त्र गरेको बताएका छन।
यही बिषयमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको गलत क्रियाकलाप बिरूध कर्मचारीहरू कानुनी प्रक्रियामा जाने सामाचार स्रोतले जनाएको छ।
कर्मचारी ऐन विपरीत गतिविधि?
स्थानीय तह कर्मचारी सम्बन्धी प्रचलित कानुन तथा निजामती सेवासम्बन्धी ऐन–नियम अनुसार कुनै पनि कर्मचारीले प्रशासनिक विषयलाई राजनीतिक रंग दिँदै संस्थाको गोपनीयता र मर्यादामा आँच पुर्याउने कार्य गर्न पाइँदैन। कर्मचारीले निष्पक्ष, तटस्थ र कानुनसम्मत ढंगले काम गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर प्रमुख प्रशासकीय अधिकृत स्वयंले साना दर्जाका केही कर्मचारीलाई तलब भुक्तानीको बहाना बनाई खाली कागजमा हस्ताक्षर गराएको र त्यसलाई आधार बनाएर पालिका प्रमुखविरुद्ध आरोप सार्वजनिक गरेको भन्ने दाबीले प्रशासनिक नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ।
यदि यस्तो कार्य भएको पुष्टि भएमा यो कर्मचारी आचारसंहिता विपरीत मात्र नभई दुराचार तथा अनुशासनहीनताको श्रेणीमा पर्ने जानकारहरू बताउँछन्।
राजनीतिक कोणबाट हेर्दा
पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच अधिकार क्षेत्रको व्याख्या, बजेट कार्यान्वयन र निर्णय प्रक्रियामा खटपट देखिनु अस्वाभाविक होइन। तर प्रशासनिक प्रमुख स्वयंले राजनीतिक विवादको रूप दिने शैली अपनाउनु स्थानीय शासन व्यवस्थाको मर्म विपरीत भएको विश्लेषकहरू बताउँछन्।
पालिका प्रमुख सुरेश मेहता निकट स्रोतका अनुसार विकास योजनाको पारदर्शिता, खर्च नियन्त्रण र प्रक्रियागत कडाइका कारण केही स्वार्थ समूह असन्तुष्ट बनेका छन्। सोही असन्तुष्टिको परिणामस्वरूप नियोजित रूपमा बदनाम गर्ने रणनीति अपनाइएको दाबी गरिएको छ।
जनप्रतिनिधिको गरिमा र अधिकार
स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिका प्रमुख नीतिगत नेतृत्वकर्ता हुन् भने प्रमुख प्रशासकीय अधिकृत कार्यान्वयन पक्षका प्रशासनिक प्रमुख। दुवैबीच सहकार्य आवश्यक भए पनि अधिकारको दुरुपयोग गर्दै जनप्रतिनिधिको छवि धुमिल बनाउने प्रयास लोकतान्त्रिक मूल्य विपरीत ठहरिन्छ।
स्थानीयवासीहरूका अनुसार पछिल्लो घटनाक्रमले पालिकाको सेवा प्रवाह प्रभावित हुने खतरा बढेको छ। "व्यक्तिगत स्वार्थ र आन्तरिक शक्ति संघर्षले विकासको काम रोकिनु हुँदैन," एक स्थानीय अगुवाले बताए।
पकाहामैनपुर गाउँपालिकामा देखिएको विवादले स्थानीय शासन व्यवस्थामा पारदर्शिता, उत्तरदायित्व र कर्मचारी आचारसंहिताको कडाइका साथ पालनाको आवश्यकता पुनः स्मरण गराएको छ। आरोप–प्रत्यारोपको राजनीतिभन्दा माथि उठेर तथ्यगत छानबिन र कानुनी प्रक्रियाबाट सत्य बाहिर ल्याउनु नै सबै पक्षको हितमा हुने देखिन्छ।
अब सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी कर्मचारी ऐन र स्थानीय सरकार सञ्चालन ऐनअनुसार आवश्यक कदम चाल्ने अपेक्षा गरिएको छ। लोकतान्त्रिक अभ्यासमा व्यक्तिभन्दा संस्था बलियो हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै पकाहामैनपुरले प्रशासनिक स्थिरता कायम गर्नुपर्ने देखिन्छ।
यता प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको यस्ता कृयाकलाप कुनै नौलो कुरा होइन, उनी माथी जनप्रतिनिधि बिच विवाद सृजना गरेर पालिकामा आर्थिक अपचलनमा काम मात्र गर्नेगरेको आरोप पटक पटक लाग्दै आएको छ । उनी कमिशनमा एकलौटी भुक्तानी गर्ने र जनप्रतिनिधि साथ नदिएमा विवाद उत्पन्न गराउने प्रवृत्ति नै उनको रहेको सामाचार स्रोतको दाबी छ।
प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहको आर्थिक अपचलन र कमिशन खोरीका कारण दर्जनौं बिकास परियोजनाको भुक्तानी रोकीएको र ठेकेदारहरू समेत मारमा परेको बुझिएको छ ।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत साहसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन भने प्रमुख मेहताले आफु माथी लगाईएको आरोप निराधार रहेको दाबी गरेका छन। सभार ई- क्रान्ति खबर

प्रतिक्रिया