$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सा - ३मा विकास र सुशासनको नारासँगै रूपेश पाण्डे चुनावी दौडमा अगाडि

580

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विकास, सुशासन र युवा नेतृत्वको बहसबीच रूपेश कुमार पाण्डे युवा पुस्ताको सक्रिय र भरोसायोग्य अनुहारका रूपमा उदाएका छन।

विगत तीन वर्ष आठ महिनादेखि निरन्तर रूपमा क्षेत्रका बस्ती–बस्ती पुगेर जनताको समस्या बुझ्दै, अध्ययन गर्दै र ग्रासरूट तहबाट काम गर्दै आएका पाण्डेले पर्सा–३ लाई समृद्ध बनाउने स्पष्ट संकल्प सार्वजनिक गरेका छन। स्थानीयसँग प्रत्यक्ष संवाद, टोल–टोलमा अन्तरक्रिया र सरोकारवालासँगको समन्वयमार्फत उनले क्षेत्रका ज्वलन्त मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन।

नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि परिवर्तनको संवाहक र भरोसायोग्य युवा उम्मेदवारका रूपमा स्थापित हुँदै गएका पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार, रोजगारी तथा युवा उद्यमशीलता जस्ता आधारभूत विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन। उनका अनुसार, "क्षेत्रको माटो चम्किन सक्छ, यदि सही नीति, इमानदार नेतृत्व र जनसहभागितामा आधारित विकासको मोडेल अपनाइयो भने।

पर्सा–३ मा देखिएका शिक्षा र स्वास्थ्य सेवाको पहुँच अभाव, खानेपानीको समस्या, कृषि उत्पादनको उचित बजारीकारण व्यवस्थापन नहुनु, युवाको बढ्दो वैदेशिक पलायन तथा आधारभूत पूर्वाधारको कमजोरी जस्ता विषयमा उनले पटक–पटक आवाज उठाउँदै समाधानमुखी पहल अघि बढाएको बताइन्छ। क्षेत्रका युवाहरू, किसान र व्यवसायी वर्गसँगको निकट समन्वयले उनलाई व्यवहारिक र परिणाममुखी नेतृत्वका रूपमा चिनाउन सहयोग गरेको समर्थकहरूको दाबी छ।

राजनीतिक रूपमा नयाँ पुस्ताको नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला पाण्डेको सक्रिय जनसम्पर्क अभियानले पर्सा–३ को चुनावी समीकरणमा प्रभाव पारेको छ। विशेषगरी युवावर्ग, किसान र साना व्यवसायीबीच उनको बढ्दो पहुँचले उनलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ, भने स्थानीय स्तरमा "पर्सा–३ मा रूपेश कुमार पाण्डेको विकल्प नै नरहेको" चर्चा समेत सुरु भएको हो ।

समसामयिक राजनीतिक सन्दर्भमा विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धताले पर्सा–३ मा नयाँ तरंग उत्पन्न गरेको छ ।

"पर्सा–३ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्र बनाउने मेरो संकल्प हो," पाण्डेले एक कार्यक्रममा भने, "जनताको विश्वास नै मेरो शक्ति हो, र त्यही विश्वासका आधारमा क्षेत्रको माटो चम्काउने काममा निरन्तर लागिरहनेछु।

अब फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा कता मोड्ने हो भन्ने चासो बढ्दै गएको छ। विकासमुखी एजेन्डा र ग्रासरूट राजनीतिलाई केन्द्रमा राखेको यो अभियानले निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ, त्यो भने मतदाताको निर्णयले निर्धारण गर्नेछ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,23,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पर्सा - ३मा विकास र सुशासनको नारासँगै रूपेश पाण्डे चुनावी दौडमा अगाडि
पर्सा - ३मा विकास र सुशासनको नारासँगै रूपेश पाण्डे चुनावी दौडमा अगाडि
https://blogger.googleusercontent.com/img/a/AVvXsEh4RRuq9io5zqJbosuCdSvttqxBCRkurDsrIoYe_CcPxqN1Lk7YZ2DbJ9pO3LZslBpUyI_Q5aZ03OOwBYzOf5JycGzAPrK24nG7_-u7QQqAaQyDBzgY3FJn-CpPtvE8IQRz96aI9AAfNVSy7Y0X53dxORySKZJQ-PB1qCZS0zqS1G9fe3LINjXNYud-TWw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEh4RRuq9io5zqJbosuCdSvttqxBCRkurDsrIoYe_CcPxqN1Lk7YZ2DbJ9pO3LZslBpUyI_Q5aZ03OOwBYzOf5JycGzAPrK24nG7_-u7QQqAaQyDBzgY3FJn-CpPtvE8IQRz96aI9AAfNVSy7Y0X53dxORySKZJQ-PB1qCZS0zqS1G9fe3LINjXNYud-TWw=s72-c
BP Khabar
https://www.bpkhabar.com/2026/02/blog-post_22.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/02/blog-post_22.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content