वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदान यतिबेला तातेको आवस्था देखिएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मोहमद मेराज अग्रपंक्तिमा उभिँदै नेकपा (एमाले)की उम्मेदवार रीमा यादवको पक्षमा आक्रामक र संगठित अभियान सञ्चालन गरिरहेका छन। घरदैलोदेखि टोलसभा र युवासँगको प्रत्यक्ष संवादसम्म, मेराजको सक्रियता पर्सा–२ मा एमालेको चुनावी लय झन् तीव्र बनेको संकेत मानिएको छ।
मेराजले चुनावलाई सामान्य प्रतिस्पर्धा नभई "दिशा र दृष्टिकोणको निर्णायक भिडन्त" का रूपमा व्याख्या गरेका छन। उनका अनुसार पर्सा–२ अब अस्थिरता, आश्वासन र प्रयोगको राजनीतिबाट अघि बढेर स्पष्ट योजना, दृढ नेतृत्व र परिणाममुखी विकास चाहन्छ। उनले दाबी गरे, "रीमा यादव पर्सा–२ का लागि केवल उम्मेदवार होइन, परिवर्तनको स्पष्ट खाका बोकेकी नेतृत्व हुनुहुन्छ। विकास, सुशासन र युवामैत्री नीतिलाई कार्यान्वयन गर्ने दृढता उहाँसँग छ।"
युवाहरूको उल्लेखनीय सहभागितालाई एमालेको सबल आधार भन्दै मेराजले विपक्षी शक्तिहरूमाथि अप्रत्यक्ष प्रहार गरे। "जनताको मत अब नारामा होइन, नतिजामा जानेछ। पर्सा–२ का मतदाताले स्थायित्व, पारदर्शिता र जवाफदेहिताको पक्षमा उभिनेछन," उनले भने।
पर्सा–२ मा देखिएको युवा परिचालन र संगठित घरदैलो अभियानले चुनावी समीकरणलाई नयाँ मोड दिएको छ। एमालेले एजेन्डा–केन्द्रित बहसलाई प्राथमिकता दिँदै विकास, रोजगारी र स्थानीय पूर्वाधार विस्तारलाई मुख्य मुद्दा बनाएको छ।
चुनाव नजिकिँदै जाँदा पर्सा–२ मा सरगर्मी उच्च बिन्दुमा पुगेको छ। दलहरूबीच एजेन्डा र प्रभावको प्रतिस्पर्धा चर्किंदै जाँदा मतदाताको अन्तिम निर्णयले आगामी राजनीतिक दिशा तय गर्नेछ। एमाले पक्ष भने रीमा यादवको जितसँगै पर्सा–२ मा नयाँ राजनीतिक सन्देश स्थापित हुने दाबी गरिरहेको छ।

प्रतिक्रिया