$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पकहामैनपुरमा लैङ्गिक हिंसा रोकथाम सञ्जालको बैठक, हिंसामुक्त समाज निर्माणमा प्रतिबद्धता

580

Uploaded Image
भगवान कुर्मी /वीरगञ्ज 

पर्साको पकहामैनपुर गाउँपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा महिला सुरक्षासम्बन्धी सरोकारवालाहरूबीच अन्तरक्रिया तथा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले लैङ्गिक हिंसा रोकथाम सञ्जालको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आसमान नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले समाजमा बढ्दो लैङ्गिक विभेद, महिला हिंसा, घरेलु हिंसा, बालविवाह, दाइजो प्रथा तथा अन्य सामाजिक विकृतिविरुद्ध सामूहिक रूपमा अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

कार्यक्रम आसमान नेपालकी कार्यक्रम संयोजक शरस्वती दनुवारको अध्यक्षता तथा पकहामैनपुर गाउँपालिकाकी उपप्रमुख सरफुन नेसा खातुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा आसमान नेपालकी पुजा जयसवाल, महिला सशक्तीकरण मञ्चका प्रतिनिधिहरू, स्वास्थ्य शाखा, रोजगार शाखाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा गाउँपालिकाका जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले समाजमा अझै पनि विभिन्न स्वरूपमा भइरहेका महिला तथा बालिकामाथिका हिंसाजन्य घटनाबारे धारणा राख्दै त्यस्ता घटनाको न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चार क्षेत्र तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाकी उपप्रमुख सरफुन नेसा खातुनले लैङ्गिक हिंसा कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई सम्पूर्ण समाजको चुनौती भएको बताइन। उनले भनिन्, "महिला तथा बालिकामाथि हुने हिंसाले परिवार मात्र होइन, समग्र समाजको विकासलाई असर पुर्‍याउँछ। हिंसामुक्त समाज निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध छ। यसका लागि सचेतना, शिक्षा, कानुनी पहुँच र समुदायस्तरीय निगरानीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमकी अध्यक्ष तथा आसमान नेपालकी कार्यक्रम संयोजक शरस्वती दनुवारले लैङ्गिक हिंसा रोकथामका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै समुदायस्तरबाट व्यवहार परिवर्तन आवश्यक रहेको बताइन। उनले भनिन्, "हिंसाविरुद्धको सबैभन्दा ठूलो चुनौती मौनता हो। पीडितले बोल्न सक्ने वातावरण निर्माण गर्नु, समुदायलाई सचेत बनाउनु र सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्नु आजको आवश्यकता हो।

दनुवारले लैङ्गिक समानता, महिला अधिकार तथा सुरक्षित समाज निर्माणका लागि आसमान नेपालले विभिन्न कार्यक्रममार्फत समुदायमा निरन्तर काम गरिरहेको जानकारी दिइन्। उनले हिंसाका घटनाबारे समयमै जानकारी गराउने, पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा रोकथामका लागि सामुदायिक संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिइन।


अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, महिला समूहका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले आ–आफ्नो क्षेत्रबाट देखिएका चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए। सहभागीहरूले लैङ्गिक हिंसाको अन्त्यका लागि विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउनुपर्ने तथा स्थानीय समुदायलाई थप जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम सञ्जाललाई थप सक्रिय र प्रभावकारी बनाउने, सम्बन्धित निकायहरूबीच नियमित समन्वय गर्ने तथा हिंसाविरुद्ध सामूहिक अभियान सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। साथै सहभागीहरूले महिला तथा बालिकाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,25,बिजनेश,1,राष्ट्रिय,19,विचार,3,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पकहामैनपुरमा लैङ्गिक हिंसा रोकथाम सञ्जालको बैठक, हिंसामुक्त समाज निर्माणमा प्रतिबद्धता
पकहामैनपुरमा लैङ्गिक हिंसा रोकथाम सञ्जालको बैठक, हिंसामुक्त समाज निर्माणमा प्रतिबद्धता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhxe1i1KNUBWvGgO0NbHdsIjsyha4kYdNOxHY2E-1xi_YEbLgUtDK2h0pG7zRty26EJ5Lxlk3393bFRS1-lcwZkTCvQkr2Q-jxLlr_c1RRAwQt-uhYHVPa9jvTPm7kiRmH6XVC4aJJ5eEitmwa8n9Pd7ChYPJKtqzA4yyobAod2jSUWeSZXkYuhRyAPXIs/s1600/bp%20khabar.JPG=s320
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhxe1i1KNUBWvGgO0NbHdsIjsyha4kYdNOxHY2E-1xi_YEbLgUtDK2h0pG7zRty26EJ5Lxlk3393bFRS1-lcwZkTCvQkr2Q-jxLlr_c1RRAwQt-uhYHVPa9jvTPm7kiRmH6XVC4aJJ5eEitmwa8n9Pd7ChYPJKtqzA4yyobAod2jSUWeSZXkYuhRyAPXIs/s72-c/bp%20khabar.JPG=s320
BP Khabar
https://www.bpkhabar.com/2026/06/blog-post.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/06/blog-post.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content