वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डे जनताको स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ अडान र विकासको ठोस खाकासहित चुनावी मैदानमा उत्रिएका छन । “सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब पर्सा–३ मा केवल नारा होइन, जनअपेक्षाको प्रतिबिम्ब बन्दै गएको हो।
लामो समयदेखि अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाम चाहन्छन। यही चाहनालाई बुझेर एमालेले पर्सा–३ बाट रुपेश पाण्डेजस्ता स्पष्ट दृष्टिकोण, स्वच्छ छवि र संगठनात्मक क्षमताले अब्बल उम्मेदवारको रूपमा स्थापित भएका छन।
पाण्डेले चुनावी अभियानका क्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकासलाई प्राथमिकता, युवा रोजगारी, पूर्वाधार विस्तार र जनताको दैनिक समस्यामा प्रत्यक्ष हस्तक्षेप गर्ने प्रतिबद्धता दोहोर्याइरहेका छन। उनका कार्यक्रमहरूमा देखिएको जनसहभागिता र उत्साहले पर्सा–३ मा एमालेप्रतिको विश्वास मजबुत बन्दै गएको संकेत गर्छ।
राजनीति सत्ता र सौदाबाजीको माध्यम होइन, सेवा र जिम्मेवारी हो भन्ने मान्यतालाई व्यवहारमा उतार्न सक्ने उम्मेदवारको खोजीमा रहेका मतदाताका लागि रुपेश पाण्डे आज विश्वसनीय विकल्प समेत बनेका छन।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा पाण्डेको पक्षमा जनसमर्थन सुनामीझैँ बढ्दै गएको छ। निरन्तर चलिरहेको घरदैलो कार्यक्रम र मतदाता भेटघाटले पाण्डेलाई जनताको घर–घरमा मात्र होइन, मन–मनमा स्थापित गरिसकेको छ।
गाउँ, टोल र बस्तीमा पुग्दा जनताले एउटै कुरा स्पष्ट रूपमा भनिरहेका छन—पर्सा–३ मा रूपेश पाण्डेको कुनै विकल्प छैन।”
यही यथार्थले आज बिपक्षीहरू आत्तिएका छन्, त्रासमा छन् र षड्यन्त्रको सहारामा उत्रिएका छन। तर, एमाले उम्मेदवार पाण्डेविरुद्ध रचिएका हरेक षड्यन्त्र जनताकै विवेकले चकनाचुर बनिसकेको बुझिन्छ । समग्रमा, पर्सा–३ मा रुपेश पाण्डे सुशासन र विकासको बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको देखिन्छ।


प्रतिक्रिया