वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा अग्रपंक्तिमा उभिनुभएको छ। निर्वाचन क्षेत्र नम्बर–३ र ४ को कमान्डरको जिम्मेवारी समेत सम्हाल्नुभएका नेता हजराले यसपटकको निर्वाचनलाई एमालेका लागि निर्णायक अवसरको रूपमा लिँदै पार्टीले अघि सारेका उम्मेदवारको जितका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभएको छ।
पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा एमालेले सशक्त, जनआधारित र विजयी सम्भावना बोकेका उम्मेदवारहरू अघि सारेको नेता हजराको भनाइ छ। निर्वाचन क्षेत्र नम्बर–१ मा प्रदीप यादव, क्षेत्र नम्बर–२ मा रिमा यादव, क्षेत्र नम्बर–३ मा परिवर्तनको संवाहकका रूपमा परिचित युवा उम्मेदवार रूपेश कुमार पाण्डे तथा क्षेत्र नम्बर–४ मा जालिम मिया एमालेका आधिकारिक उम्मेदवार रहेका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा युवा उम्मेदवार रूपेश कुमार पाण्डे जनताको रोजाइ बन्दै गएको देखिन्छ। स्पष्ट भिजन, विकासप्रति प्रतिबद्धता र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण पाण्डे क्षेत्रका मतदातामाझ भरोसायोग्य नेताका रूपमा स्थापित हुँदै जानुभएको छ। "बोल्ने होइन, गर्ने नेता" को छवि बनाएका पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ।
नेता प्रभु हजराले पर्सा–३ को सन्दर्भमा रूपेश पाण्डे नै परिवर्तनको सही विकल्प भएको उल्लेख गर्दै "देश र जनताको पक्षमा काम गर्न सक्ने, युवाको आवाज संसदसम्म पुर्याउन सक्ने उम्मेदवार एमालेले दिएको बताएका हुन । पर्सा–३ मा रूपेश पाण्डेको जित पार्टी मात्र होइन, सम्पूर्ण क्षेत्रको भविष्यसँग जोडिएको उनले टिप्पणी गरेका छन।
एमाले नेतृत्वको विकास अभियान, स्थिरता र राष्ट्रिय हितको राजनीतिलाई मजबुत बनाउन यस निर्वाचनमा एमाले उम्मेदवारको जित अनिवार्य रहेको नेता हजराको जोड छ। उहाँले सम्पूर्ण नेता–कार्यकर्ता तथा आम मतदातालाई पार्टीको हित र देशको भविष्यका लागि एकताबद्ध भई सूर्य चिन्हमा मतदान गर्न आग्रह समेत गर्नुभएको छ।
पर्सामा बढ्दो जनलहर, कार्यकर्ताको उत्साह र जनताको समर्थनले यसपटक एमाले उम्मेदवारहरूको जित सुनिश्चित हुने संकेत देखिन छ। विशेष गरी पर्सा–३ मा रूपेश कुमार पाण्डेको पक्षमा देखिएको माहोलले परिवर्तन निश्चिततर्फ अघि बढेको स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया