वीरगंज, ७ माघ । पकहाॅंमैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा हाल व्यवस्थापन समिति सक्रिय बनेसँगै विद्यालयको शैक्षिक तथा भौतिक सुधारका कामहरू तीव्र रूपमा अघि बढ्न थालेका छन। विद्यालयलाई व्यवस्थित, स्वच्छ र विद्यार्थीमैत्री बनाउने उद्देश्यका साथ विभिन्न सुधार योजनाहरू कार्यान्वयनमा ल्याइएको छ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयको सौन्दर्यकरणका कामहरू सुरु गरेको छ। यस अन्तर्गत विद्यालय परिसरको सफा–सुग्घर व्यवस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइएको हो। विद्यालय वातावरण स्वच्छ र सुरक्षित बनाउने लक्ष्यका साथ नियमित सरसफाइ अभियान सञ्चालन भइरहेको छ।
त्यसैगरी, विद्यालयमा लाइब्रेरी व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पुस्तकालय नियमित सञ्चालनमा ल्याइएको छ। विद्यार्थीहरूलाई अध्ययन–अध्यापनमा थप सहयोग पुर्याउने उद्देश्यले पुस्तकालयलाई व्यवस्थित गरी पाठ्यक्रमसँग सम्बन्धित तथा अतिरिक्त ज्ञानमूलक पुस्तकहरू उपलब्ध गराउने काम भइरहेको छ।
विद्यालयमा बाल विकास कक्षा पनि व्यवस्थित रूपमा सञ्चालन गरिएको छ। साना बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्रीको प्रयोग र सिकाइमैत्री वातावरण निर्माणमा जोड व्यवस्थापन समितिका अध्यक्ष सहनीले बताएका छन । उनले विद्यालय सौन्दर्यकरणका लागि ४ सय फूलका बिरुवा माग गरिएको र १० दिनभित्र विद्यालय सौन्दर्यकरणका कार्य पूरा हुने व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले जानकारी दिएका छन ।
विद्यालय परिसरलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले ४ सयवटा फूल तथा बिरुवाको माग गरिएको विद्यालयले जनाएको छ। यसले वातावरणीय सचेतना बढाउनुका साथै विद्यार्थीहरूमा प्रकृतिप्रति माया र जिम्मेवारीको भावना विकास गर्ने अपेक्षा गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनी र प्रधानाध्यापक पप्पु प्रसाद चौहानको सक्रियता, समन्वय र नेतृत्वमा विद्यालय सुधारका यी प्रयासहरू अघि बढिरहेका छन्। उनीहरूको पहललाई अभिभावक, शिक्षक तथा स्थानीय समुदायले सकारात्मक रूपमा लिएका छन।
स्थानीयवासीका अनुसार, विद्यालय व्यवस्थापन समितिको सक्रियता र प्रधानाध्यापकको प्रतिबद्धताले विद्यालय र विद्यार्थीहरूको उज्वल भविष्यको आशा बलियो बनाएको छ। आगामी दिनमा शैक्षिक गुणस्तर अझ सुधार गर्दै विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
"नयाँ व्यवस्थापन समिति गठन भएपछि विद्यालयमा निरन्तर अनुगमन तथा निरीक्षणको कार्य भइरहेको छ।"

प्रतिक्रिया