काभ्रेपलाञ्चोक - नेकपा एमालेका प्रभावशाली युवा नेता रेशम लामा आज काभ्रेपलाञ्चोक मात्र होइन, देशभरका कार्यकर्ता र आम जनताबीच आशा र भरोसाको नामका रूपमा स्थापित भएका छन। जनताको दुःख–सुखमा सधैं साथ दिने, समस्या पर्दा ढोका–ढोकामा पुग्ने र समाधानका लागि अग्रसर हुने नेताका रूपमा लामा परिचित छन।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरूबीच महागठबन्धन हुँदाहुँदै पनि नेकपा एमालेबाट उम्मेदवार बनेका रेशम लामाले देशभरबाट प्राप्त मतको आधारमा उत्कृष्ट छैटौं स्थान हासिल गर्दै आफ्नो लोकप्रियता र राजनीतिक वजन प्रमाणित गरेका थिए। यो परिणामले उनी केवल काभ्रेका मात्र नभई राष्ट्रिय राजनीतिमा स्थापित उदाउँदै गरेका नेताको रूपमा चिनिएको स्पष्ट संकेत दिएको थियो।
काभ्रेपलाञ्चोक जिल्लामा गोकुल बास्कोटा र नबिना लामा जस्ता स्थापित नेताहरू सक्रिय हुँदाहुँदै पनि रेशम लामा पार्टी संगठन पुनर्गठन, कार्यकर्ता व्यवस्थापन र जनसरोकारका मुद्दामा निरन्तर खटिँदै आएका छन। गरिब, विपन्न, श्रमिक तथा दिनदुखी जनताको घरदैलोमा पुगेर उनीहरूले भोगिरहेका समस्या सुन्ने र समाधान खोज्ने उनको शैलीले उनलाई जनप्रिय नेताको रूपमा उभ्याएको छ।
नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य समेत रहेका लामा
काभ्रेमा मात्र सीमित नभई देशभरका कार्यकर्तालाई माया गर्ने, जुनसुकै बेला जहाँसुकै पुग्न सक्ने क्षमताका कारण उनी पार्टीभित्र पनि भरोसायोग्य र संघर्षशील नेताको रूपमा सम्मानित छन।
पार्टी प्रतिको लगनशीलता र देशव्यापी राजनीतिक संघर्षले गर्दा उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत मन पराउछन र उनी एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष कै प्यानलबाट भाग लिएका थिए।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ बाट नेकपा एमालेको तर्फबाट पुनः उम्मेदवारी दिने तयारीमा रहेका लामालाई सोही क्षेत्रबाट नाम सिफारिस भइसकेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनले विपक्षीलाई पराजित गर्दै राष्ट्रभक्त पार्टी नेकपा एमालेका पक्षमा निर्णायक जित निकाल्ने विश्वास कार्यकर्ता र समर्थकहरूमा प्रबल देखिन्छ।
लगनशीलता, इमान्दारिता र जनसेवामा आधारित राजनीतिक यात्राका कारण रेशम लामा काभ्रेपलाञ्चोक क्षेत्र–१ का बलियो र जनप्रिय नेता मानिन्छन। नेकपा एमालेप्रति जनताको भरोसा अझ मजबुत बनाउने क्षमता भएका यी सक्षम युवा नेतालाई पार्टीले पुनः टिकट दिनेमा सबै विश्वस्त छन।

प्रतिक्रिया