विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सा ३मा रुपेश पाण्डेयको क्रेज, दलमा समावेश गराउन नेताहरुको कसरत, जनता परिवर्तनको पक्षमा 

580


पर्सा पछिल्लो समय मुलुकभर नयाँ नेतृत्वको खोजी भइरहेको छ । पूराना राजनीतिक दल र नेताहरूबाट विकासको ढोका खुल्न नसकेको भन्दै नागरिकस्तरबाटै नयाँ नेता र नेतृत्वको खोजी भइरहेको हो । 


गाउँ गाउँमा पछिल्लो समय नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने जनमत बलियो बन्दै गइरहेको छ । खासगरी २०४७ पछिको राजनीतिक परिवर्तनपछि उदाएका नेताहरुबाट अपेक्षित गतिमा गाउँ विकासको काम हुन नसकेको नागरिक स्तरबाट गुनासो बढ्दै गएको छ । 


पछिल्लो समय आगामी निर्वाचन २०८४ लाई लक्षित गरी नागरिकहरू नयाँ नेताहरूको खोजी गर्न थालेका छन् । जसमध्ये पर्सा क्षेत्र नम्बर तीनमा रुपेश पाण्डेको पक्षमा नागरिकको मत बढ्दो देखिएको हो । 
नागरिकको भावनाको कदर गर्ने, दुःख सुख बुझ्ने तथा गाउँको विकासमा तल्लीन हुने नेताका रूपमा पाण्डेयको परिचय बन्दै गएको छ ।  नागरिकको हरेक दुःख सुखमा साथ दिने पाण्डेयले प्रत्येक गाउँको विकासका लागि भिजन बनाउँदै लगेका छन् । नागरिकस्तरबाट पनि पर्सा तीनमा उनलाई आगामी निर्वाचनमार्फत सांसदको रूपमा देख्न पाउने नागरिकको चाहना बढ्दै गएको हो । 
प्रत्येक गाउँमा विकासको मोडेल खोजिरहेका नागरिकलाई पाण्डेयको भिजन र सक्रियताले ध्यान खिचेको छ । युवा पुस्ता र वयस्क तथा पाका अनुभवी व्यक्तित्वहरूले समेत पाण्डेयलाई आगामी सांसदका रूपमा शुभकामना तथा साथ दिन थालिसकेका छन् । पछिल्लो समय पाण्डेयले आफूलाई 'उदाउँदो वैकल्पिक नेता'को रूपमा उभ्याउन थालिसकेका छन् । 
पाण्डेयले पर्सा तीनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा भिजन बनाइरहेका छन् । विशेषगरी स्थानीय उत्पादनको वृद्धि तथा बजारीकरण, शिक्षा र स्वास्थ्यमा सुधार गरी समाजकै रुपान्तरण, औद्योगिक विकास लगायतका एजेण्डालाई पाण्डेयले मुल प्राथमिकतामा राखेर अगाडी बढेका छन । 
समाजलाई आधुनिक एवम् व्यवस्थित शहरको रूपमा विकास गर्ने, पूर्वाधार विकास तथा स्थानीय उत्पादनलाई व्यावसायिक बनाई नागरिकको जीवनस्तर सुधार्ने उनको परिकल्पना रहेको छ । 
पर्सा तीनमै पर्ने पोखरिया, पकाहाँ, महुवन र चीपुर पंचगाको बजारलाई व्यवस्थित गर्ने, आधुनिक सहरको निर्माण गर्ने उनको सोच छ । पोखरिया बजारलाई देखिने गरी विकास गर्न लागि उनी अहिले भिजन बनाइरहेका छन् । साथै धार्मिक स्थलहरुलाई राष्ट्रिय निकुञ्जसँग समन्वय गरी व्यवस्थित गर्ने उनको योजना छ । 
मठमन्दीरको सम्वद्र्धन, कृषिमा प्रविधिकरण तथा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच पर्सा तीनको मुख्य आवश्यकता भएको उनको दावी छ । सो क्षेत्रको सुधारका लागि विभिन्न किसिमका योजना बनाउँदै अगाडि बढेका उनले क्षेत्रका नागरिक तथा अगुवाहरूसँग समेत छलफल गर्दै आएका छन् । 
उनले प्रत्येक पालिका देखि वडासम्म विकासको नयाँ मोडेल बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । हरेक वडामा भएको व्यवसायिक सम्भावना खोज्ने र सोही अनुसार विकास गर्ने उनको मोडेल तयारी रहेका कारण अहिले उनी निकै चर्चामा देखिएका छन । 
पाण्डेयले उडाएका यी योजनाहरूलाई परिणाममा बदल्नका लागि जनमत आवश्यक रहेको नागरिकको बुझाई छ । नागरिकले अहिले जनताको चाहना र भावनालाई बुझ्ने र कदर गर्ने नेता आवश्यक भएको बताउँदै आएका छन् । पाण्डेय नागरिकको यही विश्वासलाई थप जित्नका लागि उच्च मनोबलका साथ काम गर्दै अगाडी बढिरहेका छन् । 
अधिकांश समय नागरिकहरूसँगै रहने गरेका पाण्डेय अहिलेसम्म पूराना नेताहरूलाई नागरिकले नजिकबाट चिन्ने अवसर नपाएको बताउँछन् । आफूले अहिले हरेक समय नागरिकसँग नै बसेर उनीहरूको दुःखसुखमा साथ दिँदै आएको उनको भनाइ छ । 
वि.सं. २०४७ सालदेखिका नेताहरूबाट आजित भएका जनताहरु पाण्डेयलाई अहिले भिजनरी तथा विकास गर्न सक्ने नेताका रूपमा उभ्याइरहेका छन् ।  पाण्डेयले अहिले कुन पार्टीबाट चुनावमा भाग लिने भन्नेबारे खुलाईसकेका छैनन् । तर पार्टीमा आस्था राख्ने नागरिकहरूले पाण्डेयले जुन सुकै पार्टीबाट निर्वाचन लडेपनि उनी आउनुपर्ने बताउँदै आइरहेका छन् ।
पाण्डेयको सक्रियता र समाजका लागि केही गर्ने हुटहुटीलाई आमनागरिकले साथ दिइरहेका छन् । पाण्डेयले पछिल्लो समयमा आफ्ना गाउँ ठाउँका जनताको दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् । पाण्डेयले अहिले  राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकरणको योजना बनाउनेसम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् ।  
पाण्डेले यस क्षेत्रमा पर्ने ७ वटा स्थानीय तहका ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट विकास मुखीको रुपमा क्षेत्रलाई परिवर्तन गर्न प्रतिबद्धता समेत ब्यक्त गरेका छन । भने हरेक वडामा विकासको नयाँ मोडेल स्थापित गराउने उनको लक्ष्य रहेको छ । यसबाट नागरिको जीवनस्तर समेत सुधार हुने र समग्र निर्वाचन क्षेत्रकै विकास हुने उनको बुझाई छ । पर्सा जिल्लामा प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य छन् । समानुपातिक तर्फ छुटै सांसदहरु हुँदा पनि जिल्लामा विकासले गति पाउन सकेको छैन । जिल्लाका नेताहरू संघीय तथा प्रदेश मन्त्री रहँदा पनि सो क्षेत्रले अपेक्षित विकास पाउने नसकेपछि नागरिहरू विकल्पको खोजीमा लागेका हुन् । स्थानीयहरूले अहिले पाण्डेय मात्रै उपयुक्त विकल्प भएको बताउँदै उनलाई निर्वाचनमार्फत यस क्षेत्रको विकासका लागि मत लिएर अगाडि बढ्न सुझाव दिँदै आएका छन् ।  
पर्सा जिल्लामा कुरा गर्दा दर्जनौं राजनितिकहरु रहेका छन, भने खास गरी मुख्य दलको रुपमा नेकपा एमाले र नेपाली कांग्रेस रहेको छ यता पछि पछि मधेशवादी दलहरु प्नि निकै प्रतिस्पर्धामा रहेका छन । पर्सा जिल्लालाई एजेन्डा बनाएर कतिपय नेताहरुले आफ्नो राजनितिक अस्तित्व बचाउन सफल समेत भएका छन तर आम नागरीकको कुरा गर्दा राजनितिक दल तथा नेताहरुबाट बिकासको नाममा शुन्यको अनुभुती गरेका छन । यस्ता अवस्तामा युवा उधमी पाण्डेको आम नागरीक बिच बढदै गएको लोकप्रीयता कारण राजनितिक दलका नेताहरु भयभित हुन थालेको जानकारहरु बताउछन । रुपेश पाण्डेलाई पार्टी भित्र समावेश गराउन नेताहरुले निकै कसरत गरीरहेका छन, भने युवा उधमी पाण्डेलाई दल रोज्ने कुनै साम्भावना समेत देखिएको छैन ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,15,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पर्सा ३मा रुपेश पाण्डेयको क्रेज, दलमा समावेश गराउन नेताहरुको कसरत, जनता परिवर्तनको पक्षमा 
पर्सा ३मा रुपेश पाण्डेयको क्रेज, दलमा समावेश गराउन नेताहरुको कसरत, जनता परिवर्तनको पक्षमा 
https://blogger.googleusercontent.com/img/a/AVvXsEjMk1pUdzE3I6ogMBw9z97tmXmDdlQWgt4bGWoP_A4_KPXYK9l1oIx1C3lt_2uu6aw2tRFF3C9tvDG90u7bMWh6Uz8XrX8IAf4KF1_dRqI-RgfzA8slbNTVUHbhxO4iKldS4CgT1p8RA5Qtzb-NLOiDJSwCMtSyjiXbQx4OmMM3jfll_6gnBwtG-UDsYTM=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjMk1pUdzE3I6ogMBw9z97tmXmDdlQWgt4bGWoP_A4_KPXYK9l1oIx1C3lt_2uu6aw2tRFF3C9tvDG90u7bMWh6Uz8XrX8IAf4KF1_dRqI-RgfzA8slbNTVUHbhxO4iKldS4CgT1p8RA5Qtzb-NLOiDJSwCMtSyjiXbQx4OmMM3jfll_6gnBwtG-UDsYTM=s72-c
BP Khabar
https://www.bpkhabar.com/2025/03/blog-post_6.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2025/03/blog-post_6.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content