वीरगञ्ज- पर्साको पकहाँमैनपुर गाउँपालिका–१, धोरेस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लेखापाल नियुक्तिपछि विवाद चर्किएको छ । विद्यालयका प्रधानाध्यापक उपदेश कुमार मेहताले लेखापाल धिरेन्द्र चौहानको जिम्मेवारी र बैंक खातामा चल्ने हस्ताक्षर परिवर्तन गर्न खोजेको आरोप लागेपछि विद्यालयको आर्थिक पारदर्शिता र प्रशासनिक प्रक्रियामाथि प्रश्न उठेको हो ।
विद्यालयमा लेखापाल नियुक्त भएपछि प्रधानाध्यापक मेहताले लेखापालको खातासम्बन्धी अधिकार र हस्ताक्षर हटाएर बैंक खाता परिवर्तन गर्ने प्रयास गरेको आरोप लागेको छ ।
विद्यालयको आर्थिक कारोबार र व्यवस्थापनलाई लिएर विवाद उत्पन्न भएको स्रोतको दाबी छ । लामो समयसम्म विद्यालयमा लेखापाल नहुँदा प्रधानाध्यापकले आफूखुसी कामकाज गर्दै आएको र लेखापाल नियुक्त भएपछि आर्थिक कारोबारमा आफ्नो नियन्त्रण कमजोर हुने डरले विवाद सिर्जना गरिएको स्रोतको आरोप छ ।
स्रोतका अनुसार लेखापालका रूपमा धिरेन्द्र चौहान नियुक्त भएदेखि नै प्रधानाध्यापक मेहताले उनीसँग विभिन्न विषयमा विवाद गर्दै आएका छन । पछिल्लो समय लेखापालको हस्ताक्षर हटाउने तथा बैंक खाता परिवर्तन गर्ने विषयले विद्यालयभित्रको विवाद थप चर्किएको बताइएको छ ।
प्रधानाध्यापक मेहताले शिक्षकहरूलाई सरुवा गराइदिने भन्दै धाकधम्की दिएर लेखापालको हस्ताक्षर हटाउन र बैंक खाता परिवर्तन गर्न सहमती गराएको स्रोतले दाबी गरेको छ ।
विद्यालयको आर्थिक कारोबारमा पारदर्शिता कायम गर्नुपर्ने अवस्थामा लेखापाल नियुक्तिपछि नै विवाद उत्पन्न हुनु र बैंक खाताको हस्ताक्षर परिवर्तनको विषय उठ्नुले विद्यालयको आर्थिक व्यवस्थापनमाथि प्रश्न खडा गरेको छ । विद्यालयमा लेखापालको कारण प्रधानाध्यापक मेहताको लाभमा अडचण लागेको कारण नै बैंक खाता परिवर्तन गर्न खोजिएको देखिन्छ ।
यता स्थानीय स्रोतले प्रधानाध्यापक मेहता पकहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता र वडा नम्बर १ का अध्यक्ष विनोद मेहतासँग निकट रहेको दाबी गर्दै आएको छ । पालिका अध्यक्ष र वडा अध्यक्षको संरक्षणमा नै प्रधानाध्यापक मेहताले विद्यालयमा अनियमितता गर्दै आएको समेत सामाचार स्रोतको दावी छ ।
यस विषयमा लेखापाल चौहानसँग बुझ्दा उनले आफू विद्यालयमा आएको दिनदेखि नै प्रधानाध्यापक मेहताले विवाद गर्न खोजेको बताए। विगतमा भएका भनिएका अनियमितताका विषय लुकाउन आफूलाई विवादमा तान्ने प्रयास भइरहेको उनको दाबी छ।
यता, प्रधानाध्यापक उपदेश कुमार मेहताले भने विद्यालयमा आफूले कुनै किसिमको विवाद सिर्जना नगरेको प्रतिक्रिया दिएका छन्।
विद्यालयको आर्थिक कारोबार, लेखापालको जिम्मेवारी र बैंक खाताको हस्ताक्षर परिवर्तनसम्बन्धी विषयमा उठेका आरोपहरूको निष्पक्ष छानबिन हुन आवश्यक छ । साथै, विद्यालय प्रशासनले आर्थिक कारोबारको विवरण, निर्णय प्रक्रिया र बैंक खाता परिवर्तन गर्न खोजिएको भए त्यसको आधिकारिक कारण सार्वजनिक गर्नुपर्ने देखिन्छ ।
नेरामावि धोरेमा लेखापाल नियुक्तिपछि उत्पन्न विवादको वास्तविक कारण के हो? बैंक खातामा हस्ताक्षर परिवर्तन गर्ने प्रक्रिया विधिसम्मत छ कि छैन? र विद्यालयको विगतको आर्थिक कारोबारको लेखापरीक्षणले के देखाउँछ? यी प्रश्नको जवाफका लागी सम्बन्धित कागजात र निष्पक्ष छानबिनबाट पालिकाको शिक्षा शाखा प्रमुखले आफु अग्रसर रही यस्ता बिषयमा तुरन्त एक्शन लिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया