वीरगञ्ज । पर्साको पकहा बिन्दबाशिनी गाउँपालिका–४, मधवलस्थित बिन्दबाशिनी उत्तम मेला समिति–२०८३ को आयोजनामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित विराट कुस्ती दंगल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा नेता तथा परिवर्तनका संवाहकका रूपमा परिचित रुपेश कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि तथा युवा नेता पाण्डेयले नेपाली समाजको मौलिक पहिचान बोकेको कुस्ती खेललाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले यस्ता परम्परागत खेलकुद तथा सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्ने बताए।
उनले स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्न यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने उल्लेख गर्दै खेलकुदको विकासका लागि स्थानीय समुदाय, आयोजक तथा सम्बन्धित निकायले हातेमालो गर्नुपर्ने धारणा राखे। साथै, चाडपर्वलाई केवल मनोरञ्जनमा सीमित नराखी आपसी सद्भाव, भाइचारा र सामाजिक एकताको माध्यम बनाउनुपर्नेमा समेत जोड दिए।
पाण्डेयले स्थानीय युवाहरूको सक्रियता र आयोजक समितिको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
उत्तम मेला समिति मधवलका अध्यक्ष निरञ्जन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आशपुरण प्रसाद तेली, पालिका प्रमुख प्रमोद तिवारीलगायत स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो।
दीपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको यस मेलाले स्थानीय क्षेत्रमा उत्साह थप्नुका साथै परम्परागत कुस्ती खेलको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएको आयोजकले जनाएको छ।
.jpeg)
.jpeg)
.jpeg)

.jpeg)
.jpeg)

.jpeg)
.jpeg)

.jpeg)


प्रतिक्रिया