विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

गढीमाई मेला व्यवस्थापनका लागि प्रदेश सरकारद्धारा ५० लाख सहयोग गरिने

580


बाराको पञ्चवर्षीय गढीमाई मेला २०८१ लाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न विभिन्न सुझावहरू आएको छ। महागढीमाई नगरपालिकाले मंगलबार आयोजना गरेको सल्लाह र सुझाव संकलन कार्यक्रममा भक्तजनलाई सहज प्रवेश तथा निःशुल्क भोजनको व्यवस्था गर्ने सुझाव प्रमुख रूपमा उठाइएको छ।

कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मेला व्यवस्थापनका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। उनले सो रकम मेला व्यवस्थापन, बोरिङ तथा टावर लाइट जडान, स्वास्थ्य सेवा, र सीमा नाका खुलाउने काममा प्रयोग गरिने बताएका छन्। साथै, मेलामा सुरक्षा व्यवस्था मजबुत बनाउन र पालिकाहरूलाई म्यादी प्रहरी परिचालन गर्न आग्रह गरे।

कार्यक्रममा जिल्लाका पूर्व सभापति छठुप्रसाद यादवले मेलामा व्यापारीहरूले अत्यधिक मूल्यमा जग्गा बिक्री गर्ने प्रथाको अन्त्य गर्न सुझाव दिए। उनले मेलामा पिउने पानीको व्यवस्था र निःशुल्क भोजन वितरणमा विशेष ध्यान दिन आग्रह गरे। सुरक्षा व्यवस्था थप सुदृढ बनाउन उनले प्रशासनलाई ध्यानाकर्षण गराए।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले मेलामा ४ देखि ५ सय सिसिटिभी क्यामरा जडान गरिने जानकारी दिए। मेलामा ट्राफिक व्यवस्थापन, सुरक्षा बलको दोब्बर प्रयोग, र ड्रोन क्यामरा चलाउन विशेष अनुमति अनिवार्य गरिने उनले जनाए।

कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, पर्यटनमन्त्री सकिल मियाँ, बाराका प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ लगायत बारा जिल्लाका स्थानीय तहका प्रमुखहरू, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिहरू, तथा गढीमाई मन्दिरका पुजारीहरूको विशेष उपस्थिति रहेको थियो।

गढीमाई मेलाको शुभारम्भ असोज १७ गते भव्य कलश यात्रासँग गरिने छ भने मंसिर २२ गते राँगाको र २३ गते बोकाको बलि चढाइने कार्यक्रम छ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,15,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: गढीमाई मेला व्यवस्थापनका लागि प्रदेश सरकारद्धारा ५० लाख सहयोग गरिने
गढीमाई मेला व्यवस्थापनका लागि प्रदेश सरकारद्धारा ५० लाख सहयोग गरिने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHwVbe9nYKEgC3PyEeVtnMR_p4hNGm7KANcUk0c1qIIxLsPhWRP_bxhFdbGlEpouqBE4AtXOTTqfOMwX3Y0nYEA5Hd8_HzOR1pORfn1zKWYiRAEZpYHVX2MlgtY8lN0dZZHfahuq5i4eRs-NmgXwQf2SdsabV2myBWlomj2rIq5rBybGJu759lsIlTNzIX/w200-h99/Picsart_24-09-26_13-00-12-117.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHwVbe9nYKEgC3PyEeVtnMR_p4hNGm7KANcUk0c1qIIxLsPhWRP_bxhFdbGlEpouqBE4AtXOTTqfOMwX3Y0nYEA5Hd8_HzOR1pORfn1zKWYiRAEZpYHVX2MlgtY8lN0dZZHfahuq5i4eRs-NmgXwQf2SdsabV2myBWlomj2rIq5rBybGJu759lsIlTNzIX/s72-w200-c-h99/Picsart_24-09-26_13-00-12-117.jpg
BP Khabar
https://www.bpkhabar.com/2024/09/blog-post_82.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2024/09/blog-post_82.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content