$show=home

लोड हुँदैछ...

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

श्रीमतीलाई पीडा पर्दा सिंहदरबार जलाउने चेतावनी दिने बालेन सरकार, आम नागरिक सडकमा सुत्केरी हुँदा किन मौन?

580

- भगवान कुर्मी

पर्सा । आफ्नै श्रीमतीलाई पीडा पर्दा सिंहदरबार जलाउने चेतावनी दिने प्रधानमन्त्री बालेन नेतृत्वको सरकारप्रति जेनजी युवा समूह पकहाॅंमैनपुर गाउँपालिकाका अध्यक्ष भगवान कुर्मीले कडा प्रश्न उठाएका छन। अस्पतालको गेटबाटै फर्काइएकी एक आमाले उपचार नपाएर बीच सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु राज्यको स्वास्थ्य प्रणाली र सरकारको संवेदनशीलतामाथि गम्भीर प्रश्न भएको उनको भनाई छ।


कुर्मीले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भनेका छन्, “आफ्नै श्रीमतीलाई पीडा हुँदा सिंहदरबार जलाउने चेतावनी दिने प्रधानमन्त्री बालेन, आज आम नागरिकको पीडा हुँदा सरकार किन मौन छ?”


नागरिकले कर तिरेर राज्य सञ्चालनमा योगदान गरिरहेको अवस्थामा उपचारका लागि अस्पताल पुग्दा उल्टै गेटबाट फर्किनुपर्ने र अन्ततः सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु सामान्य घटना नभएको कुर्मीले बताएका छन। उनका अनुसार यो एउटा परिवारको मात्रै पीडा नभई राज्यको स्वास्थ्य सेवा, प्रशासनिक संवेदनशीलता र सरकारको जवाफदेहितामाथिको गम्भीर प्रश्न हो।


सत्तामा पुग्नुअघि जनताको पीडालाई आफ्नो पीडा बनाउने दाबी गर्ने राजनीतिक शक्तिहरू सत्ता प्राप्तिपछि त्यही जनताको आवाजबाट टाढिँदै गएको आरोपसमेत कुर्मीले लगाएका छन। गरिब, मजदुर, किसान, महिला, युवा तथा आम नागरिकका पक्षमा गरिएका भाषण र व्यवहारबीच ठूलो अन्तर देखिएको उनको टिप्पणी छ।


कुर्मीले “सानालाई ऐन, ठूलालाई चैन” भन्ने प्रवृत्ति अझै अन्त्य नभएको दाबी गर्दै अनुहार परिवर्तन हुँदैमा शासन व्यवस्था परिवर्तन भएको मान्न नसकिने बताएका छन।


पुराना दलमाथि भ्रष्टाचार, बेथिति र बिचौलियाको आरोप लगाउँदै जनताको आक्रोशलाई राजनीतिक सीढी बनाएका नयाँ शक्तिहरूमाथि पनि उनले प्रश्न उठाएका छन। उनका अनुसार नयाँ भनिएका शक्तिहरूले आफूलाई पुरानो राजनीतिक संस्कारको विकल्प प्रमाणित गर्न अब भाषण र नाराबाट होइन, व्यवहार र सुशासनबाट प्रमाणित गर्नुपर्ने समय आएको छ।


“यदि पुराना दलहरू भ्रष्टाचार र बेथितिका प्रतीक थिए भने नयाँ भनिएका शक्तिहरूले आफूलाई त्यसको विकल्प प्रमाणित गर्नुपर्छ। भाषणले होइन, व्यवहारले; नाराले होइन, सुशासनले; प्रचारले होइन, अस्पतालको गेटमा उभिएको गरिब नागरिकलाई न्याय दिएर,” कुर्मीको भनाई छ।


जनताको दुःखलाई राजनीतिक नाराका रूपमा प्रयोग गरेर सत्ता प्राप्त गर्ने र सत्ता पाएपछि त्यही जनताको वास्तविक पीडाप्रति मौन बस्ने प्रवृत्तिप्रति नागरिक सचेत हुनुपर्ने उनको आग्रह छ।


कुर्मीले सडकमा बच्चा जन्माउन बाध्य भएकी आमाको घटनालाई कुनै दल वा नेताको व्यक्तिगत विषयका रूपमा नभई राज्यको चरित्र र नागरिकको मौलिक अधिकारसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताएका छन।


उनले सरकारलाई चेतावनीपूर्ण प्रश्न गर्दै भनेका छन्, “हामीलाई सिंहदरबार जलाउने भाषण होइन, जनताको आँसु पुछ्ने सरकार चाहिएको छ। सत्ता कब्जा गर्ने आन्दोलन होइन, नागरिकको जीवन बचाउने व्यवस्था चाहिएको छ। नयाँ नामको पुरानो राजनीति होइन, नयाँ संस्कार र जवाफदेही शासन चाहिएको छ।”


पुराना हुन् वा नयाँ, जनताको पीडामाथि मौन बस्ने, शक्ति र पहुँचका आधारमा फरक व्यवहार गर्ने तथा नागरिकलाई चुनावका बेला मात्रै सम्झिने कुनै पनि राजनीतिक शक्ति जनताको प्रश्नबाट उम्किन नसक्ने कुर्मीको निष्कर्ष छ।


अन्त्यमा उनले नागरिकलाई सचेत हुँदै सरकारसँग प्रश्न गर्न र जवाफ माग्न आह्वान गरेका छन्। “सत्ता कसैको निजी सम्पत्ति होइन, सत्ता जनताको हो,” भन्दै कुर्मीले वर्तमान सरकारको कार्यशैलीमाथि थप दबाब सिर्जना गरेका छन।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,27,बिजनेश,1,राष्ट्रिय,19,विचार,4,विश्व,4,समाचार,20,स्थानीय समाचार,9,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: श्रीमतीलाई पीडा पर्दा सिंहदरबार जलाउने चेतावनी दिने बालेन सरकार, आम नागरिक सडकमा सुत्केरी हुँदा किन मौन?
श्रीमतीलाई पीडा पर्दा सिंहदरबार जलाउने चेतावनी दिने बालेन सरकार, आम नागरिक सडकमा सुत्केरी हुँदा किन मौन?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi388eaUsTeb6cAClbXDZ3Tsf2VvFvx_n8f3S4MOc1qoX_DO8zyn5sYpJ9rGSprHMLu7FZu3SsHEllqX2S3iGIWqqP9fAW3XgaUrtWcWxdrI9Yw9ruy70cXdvuN5OMvpCoJfOXK48bRtiAAQtLcZgo365xx1h-AA8gPVL5DpIfAxT1S9466Rblr6diujSQ/s320/1d03954c-97f3-46d5-9079-ee17ba12a739.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi388eaUsTeb6cAClbXDZ3Tsf2VvFvx_n8f3S4MOc1qoX_DO8zyn5sYpJ9rGSprHMLu7FZu3SsHEllqX2S3iGIWqqP9fAW3XgaUrtWcWxdrI9Yw9ruy70cXdvuN5OMvpCoJfOXK48bRtiAAQtLcZgo365xx1h-AA8gPVL5DpIfAxT1S9466Rblr6diujSQ/s72-c/1d03954c-97f3-46d5-9079-ee17ba12a739.jpg
BP Khabar
https://www.bpkhabar.com/2026/09/opnian.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2026/09/opnian.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content