विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पर्सा-३ मा बलियो बन्दै युवाको आवाज,राजनीतिमा रुपेश पाण्डेयको उदय निश्चित , स्थानीय विकास र धार्मिक पर्यटनको एजेन्डा

580

वीरगंज, ८ भदौ । २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकभर नयाँ नेताको खोजी भइरहेको छ । प्रतिनिधि सभामा मात्र हैन पार्टीभित्र पनि नयाँ तथा युवा नेताहरूको खोजी भइरहेको समयमा पर्सा ३ ले पनि नयाँ तथा लोकप्रिय व्यक्तिलाई युवा नेताको रुपमा उभ्याउँदै छ ।

व्यावसायिक पृष्ठभूमिका रुपेश पाण्डेय पर्सा ३ मा जवरजस्त नेताको रुपमा उदय भएका छन् । प्रतिनिधि सभा निर्वाचन २०८४ मा पर्सा ३ बाट समाजसेवामा समेत क्रियाशील पाण्डेयलाई सांसद बनाउन चाहनेहरू बढ्दै गएका छन् ।

समाजसेवाबाट सुरु भएको उनको सक्रियता अहिले निर्वाचनको तयारीमा परिणत हुँदै गएको छ ।

पर्सा–३ का गाउँ, बजार र बस्तीमा दैनिक जनसंवाद गर्दै हिँडिरहेका पाण्डेय चिया पसलदेखि गल्लीसम्म लोकप्रिय बन्दै गएका छन् । स्थानीयवासीका अपेक्षा, समस्या र सुझाव सुन्ने क्रममा उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकता दिने स्पष्ट भिजन प्रस्तुत गरेका छन् ।

उनले अब समस्याको राजनीति नभई समाधानको राजनीति गरिनुपर्नेमा जोड दिँदै आएका छन् । विगतमा सन्तोषजनक समेत विकासका काममा सन्तोषजनक नतिजा नपाएका पर्सा ३ का नागरिकले पनि पाण्डेयको नेतृत्वमा समस्याहरू समाधानमा बदलिने र विकासले फड्को मार्ने अपेक्षा र विश्वास गर्न थालेका छन् ।

पर्सा-३ मा कतिपय पूरानै नेताहरूले राजनीतिक चहलपहल बढाउन प्रयास गर्दै गर्दा पाण्डेयको नाम स्थानीयको मुखमै छ । सामाजिक काममा निरन्तर सक्रियता, स्पष्ट भिजन र व्यवहारिक योजना उनका बलिया आधार बनेका छन् ।

चिया पसलदेखि बुद्धिजीवीसम्म, युवादेखि व्यापारीसम्म सबैले पाण्डेयलाई अबको पुस्ताको नेतृत्वका रूपमा लिन थालेका छन् ।

पाण्डेयको कल्पना-  पोखरिया बजारलाई नमुना सहर बनाइने

पाण्डेयले पर्सा ३ का पोखरिया, पकाहा, महुवन, चीपुर लगायत बजारलाई व्यवस्थित र आधुनिक बनाउने योजना अघि सारेका छन् ।

धार्मिक गन्तव्य भाडा भगवान स्थललाई राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । 'अबको पोखरिया पुरानै स्वरूपमा होइन, व्यवस्थित र आधुनिक हुनु जरुरी छ,' पाण्डेयले भने, 'कृषिमा प्रविधिकरण, शिक्षा-स्वास्थ्यमा सहज पहुँच, मठ-मन्दिरको संरक्षण र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाउनेछु।'

विगतका नेताहरूले भोट पाएर सत्ता पुगेपछि पार्टी र आफ्ना नजिकका व्यक्तिलाई मात्रै प्राथमिकता दिएकोप्रति पाण्डेय असन्तुष्ट छन् । उनका अनुसार अबको प्रतिनिधित्व 'पार्टीको अनुहार होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनुपर्ने छ ।

मानिकपुर-२ का एक स्थानीय भन्छन्, 'हामीले धेरै नेता देख्यौं, चुनावताका मात्र आउने अनि हराउने । पाण्डेय त दैनिक हाम्रो समस्या सुन्न आउँछन्, त्यसैले हामीले उनलाई नै हाम्रो प्रतिनिधि मान्न थालेका छौं।'

त्यस्तै पोखरिया बजारकी व्यापारी महिलाले भनिन्, 'हामीलाई बजार व्यवस्थित गर्न नेता चाहिएको हो, ठूला-ठूला कुरा गर्ने होइन । उहाँले योजना मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने बाटो देखाउँदै आउनुभएको छ।'

अर्का स्थानीय थपे, 'यो पुस्ताले परिवर्तन ल्याउँछ भन्ने आशा छ । पुराना नेताहरूले काम गर्न सकेनन्, अब युवालाई मौका दिनैपर्छ।'

सात स्थानीय तह र ३५ वडाका लागि दीर्घकालीन योजना

पाण्डेयले पर्सा–३ भित्र पर्ने सात स्थानीय तह र ३५ वडालाई आर्थिक, सामाजिक र पूर्वाधारको दृष्टिकोणबाट समुन्नत बनाउन दीर्घकालीन योजना बनाइरहेका छन् । उनले भने, 'अब नारावादी राजनीति होइन, योजनावद्ध र परिणाममुखी नेतृत्व आवश्यक छ।' उनी यसका लागि अब नागरिक तयार हुनुपर्ने समेत बताउँछन् ।

पाण्डेय विगत केही वर्षदेखि समाजसेवा र जनसमस्या समाधानतर्फ सक्रिय छन् । यही निरन्तरताले उनलाई जनताबीच लोकप्रिय तुल्याएको हो । उनका समर्थकहरूका अनुसार पाण्डेय विकासको ढोका खोल्ने प्रतिनिधिका रूपमा स्थापित भइरहेका छन् ।

पर्साबाट यसअघि ४ जना प्रत्यक्ष प्रतिनिधि सभा सदस्य, ८ जना प्रदेश सभा सदस्य र ५ जना मन्त्री बने पनि अपेक्षित विकास नभएको पाण्डेयको निष्कर्श छ ।

'राजनीतिक प्रतिनिधित्व उच्च भए पनि विकासमा गति नआउनु विडम्बना हो,' उनले भने, 'अब नेतृत्व समाज केन्द्रित र उत्तरदायी हुनुपर्छ।'

उनी अहिले आफू जनताको समस्या बुझ्दै उनीहरूको मर्म र भावना अनुरूप अगाडि बढिरहेको बताउँछन् । नागरिककै माझमा रहेर समाज र समाजका समस्या बुझ्दै आएकाले पनि त्यसलाई परिवर्तनमा बदल्न आफूले राजनीतिमा होमिएको उनले बताए ।

उनी भन्छन्,'विगतबाट पाठ सिक्दै अब नयाँ पुष्ता राजनीतिमा आउनुपर्छ । यसका लागि सबैले सोच्नु पर्छ । सोच बदलेमात्रै पनि धेरै समस्या समाधान हुन्छ ।'

आफूले समूदायमा यो कुरा बुझाइरहेको र समूदायले पनि नयाँ नेतृत्व ल्याउन आफैं अग्रसर भइरहेको समेत उनले सुनाए ।

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,13,प्रमुख समाचार,15,बिजनेश,1,राष्ट्रिय,19,विचार,2,विश्व,4,समाचार,19,स्थानीय समाचार,8,स्वास्थ्य,1,हाइलाइट,1,
ltr
item
BP Khabar: पर्सा-३ मा बलियो बन्दै युवाको आवाज,राजनीतिमा रुपेश पाण्डेयको उदय निश्चित , स्थानीय विकास र धार्मिक पर्यटनको एजेन्डा
पर्सा-३ मा बलियो बन्दै युवाको आवाज,राजनीतिमा रुपेश पाण्डेयको उदय निश्चित , स्थानीय विकास र धार्मिक पर्यटनको एजेन्डा
https://blogger.googleusercontent.com/img/a/AVvXsEhigvvFDQ4Y25h16MnmAuD68EgT5zt2C8iTiABj3fH0DkG0w6To0n1YfeLhlo-Qbz4P-yHorlNPC99XVvQrwP6dXgcD3DKkb5WcfK0_GJJolAP6RSl-mRX2_HIuYOTRnoyiCaFlxjn-6kkXzGcrPL_RvsubuwtmEkoGMbMZk1onR1d3poOiSMla0JXnVCo=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhigvvFDQ4Y25h16MnmAuD68EgT5zt2C8iTiABj3fH0DkG0w6To0n1YfeLhlo-Qbz4P-yHorlNPC99XVvQrwP6dXgcD3DKkb5WcfK0_GJJolAP6RSl-mRX2_HIuYOTRnoyiCaFlxjn-6kkXzGcrPL_RvsubuwtmEkoGMbMZk1onR1d3poOiSMla0JXnVCo=s72-c
BP Khabar
https://www.bpkhabar.com/2025/08/blog-post_24.html
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/
https://www.bpkhabar.com/2025/08/blog-post_24.html
true
3658169331544607943
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content